कानूनविद् संविधानविदलाई प्रधानमन्त्रीले भनेः राष्ट्रपति स्वविवेकीय अधिकार हो, उजुरी लाग्दैन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट भएको स्ववेवेकीय अधिकारमा उजुरी नलाग्ने भएकाले त्यसतर्फ नलाग्ने कानून र संविधानविदलाई चुनौती दिएका छन् ।

राष्ट्रपतिको पछिल्लो कदमबारे सर्वोच्च अदालतमा रिट दायरको तयारी भइरहेका बेलामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘राष्ट्रपतिको स्वविवेकीय अधिकार प्रयोग गर्ने यो मात्रै ठाउँ हो । त्यसमा कुनै हेरफेर गर्न सकिन्न । कुनै उजुरी गर्न सकिन्न,’ उनले भने ।

उनले राष्ट्रपतिको अधिकार पनि नमान्ने, मर्यादा पनि नगर्नेहरुले आज प्रेत संस्थाको भिमकाय फोटो बनाएर त्यसको खल्तीमा राष्ट्रपतिलाई खल्तीमा राख्दा कति आनन्द आएको होला भन्दै प्रश्न समेत गरे ।


क्लिकमान्डु