एकैदिन १५० भन्दाबढीले गरे सगरमाथा आरोहण



काठमाडौं । आइतबार एकैदिन १५० जनाभन्दा बढीले सगरमाथा आरोहण गरेका छन् ।

मौसमी खराबीका कारण केही दिन रोकिएको आरोहणपछि आइतबार एकैदिन १५० जनाभन्दा बढीले सगरमाथा आरोहण गरेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आइतबार विहान करिब १५० जनाले आरोहण सम्पन्न गरिसकेको र केहीले दिउँसोसम्म आरोहण गरेको बताए । उनका अनुसार अब मे २८÷२९ मा मौसम अनुकुल भएकाले उक्त दिन धेरै आरोही हुन सक्नेछन् ।

केही दिनअघि ताउ तेको कारण हिमाल आरोहणमा जल तथा मौसम पूर्वानुमान महाशाखाले रोक लगाएको थियो ।

‘आरोहण रोकिएको होइन, बेसक्याम्पबाट ३/४ दिन आरोहणका लागि लाग्छ । मौसम अनुकुल भएको समयमा आरोहण गर्ने हो,’ उनले भने ।


क्लिकमान्डु