प्रभु सेलेक्ट फण्डको इकाईमा १४५ प्रतिशत आवेदन



काठमाडौं । प्रभु सेलेक्ट फण्डको इकाई तेस्रो दिनसम्म १४५ प्रतिशतले ओभर सब्सक्राइब भएको छ ।

१० करोड इकाइको माग गरिएकोमा तेस्रो दिनको अपरान्ह ४ बजेसम्म १४ करोड ५६ लाख २० हजार ६०० इकाईका लागि आवेदन परेको हो ।

५६ हजार ३ सय १२ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ३० करोड ६२ लाख ६ हजार रकम बराबरको १३ करोड ६ लाख २० हजार ६ सय इकाई खरिदका लागि आवेदन परेको कम्पनीले जानकारी दिएको छ ।

प्रभु क्यापिटलले जेठ ५ गतेदेखि प्रति इकाई रु. १० अंकित दरमा १ अर्ब बारबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो ।

यो फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबर्द्धक प्रभु बैंक लिमिटेडलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।

यो फण्डमा लगानीकर्ताहरुले न्यूनतम १०० इकाई देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिने अन्तिम समय छिटोमा जेष्ठ ९ गते आइतबारसम्म रहेको छ ।


क्लिकमान्डु