१ सय ४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीमा दाबी



काठमाडौं । १४९ जना सांसद्को हस्ताक्षर सहित प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी गरेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधव नेपाल, जसपा नेताहरू बाबुराम भट्टराइ र उपेन्द्र यादव नयाँ सरकारको दाबी सहित राष्ट्रपति भवन शितलनिवासमा हिडेका छन् । सरकारको दाबी गर्न विपक्षी गठबन्धन राष्ट्रपति कार्यालय शीतलनिवास प्रस्थान गरेको छ ।

विपक्षी गठबन्धनको बैठकले प्रधामन्त्रीमा देउवालाई अगाडि सार्ने निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि ५ बजेसम्मको समय दिएकी छन् ।


क्लिकमान्डु