स्वास्थ्य सामग्री जाँचपासका लागि भन्सारमा छुट्टै इकाई, विदामा पनि जाँचपास हुने (कार्यविधि)
काठमाडौं । सरकारले कोभिड-१९ रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु शीघ्र जाँचपासका लागि कार्यविधि जारी गरेको छ ।
सरकारले जारी गरेको कार्यविधिमा भन्सार अधिकृतले अत्यावश्यक मालवस्तुलाई उच्च प्राथमिकतामा राखी शीघ्र जाँचपास गर्नुपर्ने उल्लेख छ ।
सो प्रयोजनाका लागि भन्सार कार्यालय प्रमुखले आफ्नो कार्यालयमा आवश्यक कर्मचारीको व्यवस्थासहित छुट्टै इकाइ खडा गरी कर्मचारी खटाउन सक्ने उल्लेख छ ।
साथै आपूर्ति व्यवस्थालाई सहज एवम् शीघ्र बनाउन कार्यालयको नियमित समयभन्दा अघि वा पछि र सार्वजनिक विदाको दिनमा पनि यात्रु जाँचपास कक्ष वा काउण्टरबाट समेत आवश्यक मालवस्तुको जाँचपास गर्ने गरी भन्सार कार्यालयको प्रमुखले आवश्यक व्यवस्था गर्नुपर्नेछ ।
त्यसैगरी जाँचपासका क्रममा देखिएका समस्या समाधान गरी आवश्यक सहजीकरण गर्नका लागि विभागमा उपमहानिर्देशकको संयोजकत्वमा एक दु्रत कार्यदल रहनेछ ।
अत्यावश्यक मालवस्तुको शीघ्र जाँचपासलाई सहजीकरण गर्न विभागले छनोट प्रणालीको उपयुक्त विधि अलवम्बन गर्न सक्नेछ । साथै जाँचपास भएका मालवस्तुको विवरण सम्बन्धित कार्यालयले दैनिक रुपमा विभागलाई उपलब्ध गराउनुपर्नेछ ।