मार्सी बियर ल्याउने तयारी गरेका उद्योगी तेजेन्द्र खड्काको कोरोनाको कारण निधन
काठमाडौं । कोरोना भाइरसको कारण उद्योगी तेजेन्द्र खड्काको निधन भएको छ ।
बिहीबार उपचारको क्रममा उनको निधन भएको छ । केही दिन अगाडि उनकी श्रीमतिको पनि कोरोनाको कारण नै निधन भएको हो । मेडिसिटी अस्पतालमा उपचाररत खड्काको बिहीबार विहान निधन भएको हो ।
भारतमा लामो समय वियर उद्योगमा काम गरेर फर्केपछि खड्काले नेपालमा वियर उद्योग खोलेका थिए । उनले टाइगर ब्रुअरी स्थापना गरेर टेन्सबर्ग लगायतका वियरको उत्पादन सुरु गरेका थिए ।
जसमा केही महिना अगाडि मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाई समेत जोडिएका थिए । टाइगर ब्रुअरीबाट मार्सी ब्राण्डको बियर उत्पादन हुन लागेको थियो । खड्काको दुई छोरा र एक छोरी छन् ।