नेशनल लाइफ इन्स्योरन्सको सीइओमा सुरेशप्रसाद खत्री नियुक्त



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुरेशप्रसाद खत्रीलाई नियुक्त भएका छन् ।

कम्पनीको जेठ ४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रहेका खत्रीलाई जेठ ३ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि करारमा नियुक्त अनुमोदन गरेको हो ।

बीमा समितिको जेठ ३ गतेको पत्रबाट स्वीकृति प्राप्त भए अनुसार नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु