भारतीय अर्थतन्त्र स्मार्ट बनाउन रघुराम राजनले गरेको संघर्ष



रघुराम राजन यस्तो नाम हो, जो विश्व अर्थतन्त्रको बारेमा सपाट धारणा राख्छन् ।

भारतको नरेन्द्र मोदी नेतृत्वको सरकारले उनलाई मानमर्दन गर्यो । उनी भारतीय रिजर्भ बैंकमा एक कार्यकाल अझै रहन चाहन्थे । तर, उनलाई हट्न बाध्य पारियो ।

मोदीको नीतिको चर्को आलोचना गर्ने राजनलाई भाजपाले त देशद्रोही समेत भनेको छ । भारतको अर्थतन्त्र तथा अर्थव्यवस्थाको बारेमा असाध्यै व्यवहारिक तरिकाले व्याख्या गर्ने क्षमता भएका राजन अमेरिकामा बस्छन् । त्यहाँको एउटा विश्वविद्यालयका प्रोफेसर हुन् । उनी खास अर्थमा बहुपक्षीय दातृ निकायकमा समेत काम गर्छन् ।

समकालीन विश्वको अर्थतन्त्र, अर्थव्यवस्थाकाबारेमा खरो टिप्पणी गर्छन् । धेरैलाई उनको टिप्पणी मन पर्दैन । किनकी, उनले सही कुरा बोल्छन्, सत्य कुरा तितो हुन्छ । तितो धेरैलाई मन पर्दैन । मोदी नेतृत्वको भारतीय सरकारलाई पनि भएको त्यही हो ।

भारतका कुनै पनि ब्यूरोक्र्याट बेदाग आफनो जिम्मेवारीबाट निस्कन सक्दैनन् । किनकी, त्यो असाध्यै गाह्रो काम हो । सञ्चारमाध्यमले तपाईंको विगत, वर्तमान र भविष्यको समेत खोज खबर गरेर राखेको हुन्छ । मौका पाउने बित्तिकै समाचार लेख्न शुरु गरिहाल्छ । चार पुस्ताको इतिहास नै तयार पारेर बसेका हुन्छन् उनीहरु ।

रघुरामका पिताले भनेका थिए, कमजोर खेल कहिल्यै पनि नखेल्नु, त्यसले आफैंमा हानी गर्छ । तपाईं बाघ र बाख्रो अर्थात् बाघचाल खेल खेल्नुहुन्छ भने हरेक पटक तपाईं हार्न सक्नुहुन्छ । आज पनि हार्नुहुन्छ, भोलि पनि त्यस्तै हुन्छ । तर, पनि तपाईं काम भने गरिरहनु नै हुन्छ । यो चाँही खासमा रमाइलो कुरा हो ।

तर, रघुराम राजनका बारेमा जति थाहा पाइएको छ । सोही आधारमा पनि उनको इज्जत कहिल्यै घटेको छैन, बढेको नै छ । यतिसम्म कि उनी भारतीय कर्मचारीका लागि एक ‘रकस्टार’जस्तै बनेका छन् ।

किनकी, उनले त्यो स्थान आफैं बनाएका हुन् । त्यसका लागि उनले कोही कसैको चाकडी गरेनन्, बरु सत्य कुरा भनिदिए । जो नीति निर्माणमा रहने, राज्य सञ्चालन गर्नेहरुलाई भने मन परेन । तर, आम मानिसलाई राजनको नीतिले छोयो । उनी राताराता सेलिबे्रटी नै बन्न पुगे ।

सन् २०१३ को सेक्टेम्बर ४ मा रघुराम राजन भारतीय रिजर्भ बैंकको २३औं गभर्नर बने । ३ वर्षका लागि उनले सो जिम्मेवारी पाएका थिए ।

सुब्रमण्यम स्वामीले राजनमाथि कडा हमला गरे । उनले भने- राजन अमेरिकन हुन् । उनलाई उतै पठाउनुपर्छ, किन भारतमा ? उनले ५० हजार बढीको हस्ताक्षर संकलन गरे । राजनलाई गभर्नरको कार्यकाल पूरा गर्न नदिन त्यो काम भइरहेको थियो । अमूलले त एक कार्टुन नै बनायो । अमूलले सन् २०१३ मा राजन गभर्नर बन्दै गर्दा असाध्यै घटिया कार्टुन बनायो । जुन केही गरी पनि मिल्ने खालको थिएन ।

राजनले गभर्नरको पद सम्हालेको एक महिनापछि इकोनोमिक्स टाइम्समा उनको बारेमा एक आर्टिकल छापियो । त्यसमा ‘राजनले काम गर्न मानेनन् । भन्छन्, अमेरिकामा नै पढाउन जान्छु ।’

खास अर्थमा यो प्रायोजित लेख थियो ।

रघुराम राजनको बाल्यकाल कैयन देशमा बित्यो । उनलाई लाग्थो कि उनका पिता एक कुटनीतिज्ञ थिए । उनलाई पछि मात्रै थाहा भयो कि उनको पिता आइपीसमा काम गर्ने । कयौं मिशनमा उनलाई पठाउने गरिएको थियो । जेम्स बण्डमा होइन, सुरक्षाको क्षेत्रमा । जाने बुझेको मान्छे चाहिएको थियो, त्यही भएर पठाउने गरिन्थ्यो ।

पछि भारतीय खुफिया एजेन्सी ‘रअ’को प्रमुख बन्ने मौकासमेत मिलेको थियो । सोही समयमा बोफोर्स घोटाला सार्वजनिक भयो । राजीव गान्धी खासमा अपसेट भए ।

‘मैले केही गरेको छैन, तर म बदनाम भएँ,’ उनले भनेका थिए ।

सोही कारण राजनको पितालाई दोस्रो विभागमा पठाइदिए । राजनका भाई अमेरिकाको एक सोलार इनर्जी कम्पनीका काम गर्थे । राजनको बहिनी आइएएस अफिसर हुन् । राजनले यूपीएससी त देखका छैनन् तर टाटा एडमिनिस्टे«टिभ सर्भिसेजमा भने जोडिएका थिए ।

आइआइटी दिल्ली, आइआइम अहमदावाद तथा एमआइटी प्रचलित छ । कसैलाई जलाउनका लागि यी नाम काफी हुन्छ । राजन बालककालमा एक तिक्ष्ण क्षमता भएका विद्यार्थी थिए । पढाई लेखाइमा मात्रै नभइ उनी हरेक क्षेत्रमा तिक्ष्ण थिए । उनी अर्थशास्त्री बन्न चाहन्थे । हरेक तिक्ष्ण क्षमता भएका भारतीय विद्यार्थी आइआइटी जान्थे । त्यहाँको डायरेक्टर्स मेडलसमेत प्राप्त हुन्थ्यो । आइआइएममा समेत उक्त पदवी मिल्थ्यो ।

एक अन्तर्वार्तामा राजनले भनेका थिए, भारतमा संकटकालको समयपछि सरकारको आर्थिक नीति देखेर उनी हैरान भए । त्यसपछि उनलाई अर्थशास्त्री बन्ने सोच पलाएको थियो ।

आइआइटीमा पढन त आए । तर, हिन्दी भने आउँदैनथ्यो । क्याम्पसको चुनावमा हारे, फेरि जिते । भारतीय राजनीतिमा उनको पहिलो व्यक्तिगत अनुभव थियो त्यो । एक केटाले पहिलो पटक उनलाई हराइदिए । फेरि क्यान्टिनमा घुस लिएको आरोपमा ती केटाको बेइज्ज्त भयो । फेरि राजनले जिते । त्यसपछि मात्रै रघुको नाम आउन थाल्यो ।

एमआइटीमा २८ वर्षको उमेरमा नै राजनले पिएचडी पूरा गरे । पिएचडीको थेसिस ‘एसेज अन बैंकिङ’ थियो । त्यसमा उनले डिरेगुलेशन, कम्पिटिशन तथा इफिसेन्सीको बारेमा उल्लेख गरेका थिए ।

उनले सरकारले हरेक क्षेत्रमा आफनो दिमाग लगाउन कम गर्नुपर्छ । यसबाट मार्केट स्वतन्त्र रहन्छ र बजारमा प्रतिस्पर्धा बढ्छ । प्रतिस्पर्धा बढेपछि मात्रै बजारमा इफिसेन्सी बढ्न जान्छ । त्यस समयमा यो धारणा विस्तारित भएको थियो । सबैलाई लाग्थ्यो कि अबको खास व्यवस्था यही हो ।

तर, राजनलाई लाग्थयो कि यी सबै मामिला यति सजिलो र सीधा भने छैन । बैंक तथा लाइनमा बस्नेको सम्बन्ध देख्नमा सीधा लाग्न सक्छ, तर अवस्था त्यस्तो रहँदैन ।

किनकी, बैंक तथा बजारको काम भविष्यको हातमा रहन्छ । खाने पिउने कुराको डर तथा अनिश्चित खतरा पनि जोडिएर आउँछ । साना साना कुराले बैंकको व्यालेन्स सिट प्रभावित हुन्छ । राजन यस विषयमा खासमा स्पष्ट थिए । पछि सन् २००८ मा आएको अर्थतन्त्रको मन्दीपछि यी विषयमा थप प्रष्टता देखा परे ।

सोही पेपरमा राजनले अमेरिकको एक कानुन परिवर्तन गर्नुपर्ने कुरा गरेका थिए । अमेरिकामा कर्मसियल बैंक (हरेक दिन लेन देन गर्न, डिपोजिट गर्न, वचत तथा अन्य) तथा इन्भेस्टमेन्ट बैंकिङ (मानिसलाई लगानीका लागि पैसा जुटाउनका लागि एजेन्ट जसरी गर्ने काम) यी दुबै अलग–अलग विषय हुन् । देख्न त यी विषय राम्रो लाग्छ । ‘क्लियर कट’रुपमा, राजनको हिसाबमा दुई विषय एक दोस्रोसँग जोडिएको हुन्छ ।

किनकी, इन्भेस्टमेन्ट बैंकिङसमेत कमर्सियल बैंकिङसँग जोडिएको हुन्छ । यदि मेरा साथी बैंकमा छन् भने म यसो यसो गरेर मिलाउन सक्छु । यदि छैनन् भने पनि घुस दिएर भएपनि काम गराउन सक्छु । यही अवस्थालाई हेरेर सन् १९९९ मा अमेरिकामा कानून नै परिवर्तन नै गरियो ।

राजनले लगातार लेखिरहे । सन् २००३ मा उनको किताब लेखे ‘सेभिङ क्यापिटालिजम फर्म दि क्यापिटलिस्ट’ । उक्त पुस्तकमा स्वतन्त्र बजार अर्थात् बिनाकुनै अवरोधको व्यवसाय । राजनीति र व्यवसायको सम्बन्धमा नयाँ तरिकाले रोकलगायतका विषयमा कुरा गरेका थिए । त्यस समयमा राजनको उक्त कुराले हंगामा मच्चाइदियो । सोही कुरा आम मानिसलाई भने राम्रो लाग्यो ।

सन् २००३ मा राजन आइएमएफका चीफ इकोनोमिस्ट बने । उनको उमेर मात्रै ४० थियो । त्यस समयमा आइएमएफमा समेत घमासान नै भयो । आइएमएफको सल्लाह मानेका कारण इन्डोनेसिया, थाइल्याण्ड, भियतनाममा समस्या देखा पर्यो । ठूलो बेइज्जती भइरहेको थियो । ठूला–ठूला अर्थशास्त्री एकआपसमा लडिरहेका थिए । त्यस्तो अवस्थामा राजनले असाध्यै सुझबुझका साथ काम गरे । शिक्षक थिए, सार्वजनिक जीवनमा आए र असाध्यै राम्रो काम गरे ।

सन् २००५ मा उनले अरविन्द सुब्रमनियमसँग मिलेर एक रिपोर्ट बनाए । त्यसमा वैदेशिक ऋणमाथि उनले प्रश्न उठाए । कमजोर देशलाई पैसा दिनु त्यसलाई झनै कमजोर बनाउनु भएको बताए । आइएमएफमा रहेर यो कुरा गर्नु पनि हिम्मतको कुरा नै थियो । राजनको समझदारी तथा हिम्मत हालसम्म पनि सबैलाई थाहै भएको विषय बन्न पुगेको छ ।

भारतीय अर्थतन्त्रको बारेमा समेत राजनले हल्का छोएका थिए । सन् १९९८ मा केन्द्र सरकाका मन्त्रीका छोरा जयन्त सिन्हा राजनको साथी बनेका थिए, अमेरिकामा । जयन्त सिन्हाका बुबा यशवन्त सिन्हा त्यस समयमा सरकारको अर्थमन्त्री थिए । एक समय यशवन्त सिन्हा अमेरिकामा छोरालाई भेटन गए । छोराले राजनलाई समेत बोलाए ।

यशवन्त सिन्हासँग कुराकानीको क्रममा राजनले भारतको अर्थतन्त्रको सुधारका लागि केही टिप्स दिए । अर्थतन्त्र बढाउनका लागि इनकम ट्याक्स रिटर्न गर्ने उपाय बताइदिए । मानिसलाई घर खरिदका लागि उत्प्रेरित गर्नु जरुरी रहेको बताए । त्यसलगत्तैको बजेटमा इनकम ट्याक्स रिटर्नको एक चरण आयो । होम लोनलाई सरलीकृत गरियो । त्यसपछि उनले हरेक पटक राजनको सल्लाह लिए । आरबिआई तथा सेभिङको मामिलामा पनि त्यस्तै केही काम भयो ।

सन् २००५ मा अमेरिकाको यूएस फेडरल रिजर्भका अध्यक्ष एलन ग्रीनस्पैन १८ वर्ष सेवा गरेर अवकाश हुँदै थिए । अमेरिकाको अर्थतन्त्र बुम भइरहेको थियो । त्यो एउटा खास अवस्था थियो ।

ग्रीनस्पैनको वाहवाही भइरहेको थियो । अमेरिका संसारभरकै शीर्ष स्थानमा थियो । मज्जा पनि भइरहेको थियो । सोही समय राजनले जुन पेपरको कुरा गरेका थिए, त्यो थियो- हाइज फाइनान्सियल डेभलमेन्ट मेड दिन बल्र्ड रिस्क्यिर ।

त्यसमा उनले भनेका थिए कि सारा संसार जुन मायाजालमा फैलिएको छ त्यो एकदिन डुब्नेछ । किनकी अन्धाधुन्द रुपमा लिइएको जोखिमले सबैलाई डुबाउँछ । तत्कालका लागि फाइदा भएपनि दीर्घकालमा त्यसले नोक्सान पुर्याउँछ ।
उक्त धारणापछि हंगामा नै भयो । त्यो हुनेवाला नै थियो । सन् २००८ मा राजनले भने जस्तै भयो । त्यो सत्य सावित भयो । जोखिम यत्तिधेरै थियो कि बिना शोध-खोज पैसा दिइएको थियो । तर, पैसा फिर्ता आएन । त्यो रोकियो ।

आफनो पुस्तक ‘फल्ट लाइन’ मा राजन भन्छन्- कमजोर मानिसलाई पैसा दिनु तत्कालका लागि फाइदाजनक भएपनि त्यसले समग्र अर्थतन्त्रलाई समस्यामा पारिदिन्छ । पैसा फिर्ता नआएपछि कोही कसैले पनि सहयोग गर्ने अवस्था रहँदैन ।
सन् २००६ पछि भारतको अर्थतन्त्रको बारेमा उनले लेख्न थाले । विद्यार्थीकालका रघु फेरि आएका थिए । भारतको अर्थतन्त्र संकटकालपछि राम्रोसँग अगाडि आएको थियो । त्यसमा चासो बढ्नु स्वभाविक नै थियो । सन् २००८ को आर्थिक मन्दीपछि राजनको प्रधानमन्त्री मनमोहन सिंहसँग भेट भयो ।

राजनलाई प्रधानमन्त्रीको सल्लाहकार बनाइयो । सन् २०१० मा राजनले भारतको अर्थतन्त्र सुधारका लागि एक शोध गरे । रिपोर्ट बनाए । उनले २०० पेज लामो रिपोर्ट बनाए । त्यसलाई ‘अ हन्ड्रेड स्मल स्टेप’ नाम दिइयो । त्यसमा उनले कुरा गरेका थिए इन्फ्क्लेशनको बारेमा । गभर्नर बन्दा समेत उनले सोही कुरालाई केन्द्रमा राखे ।

सन् २०१२ मा राजनले सरकारको आलोचना गरे । भने- सरकारी मानिसहरु धनी र शक्तिशाली मानिसका साथ थोरै आराममा छन्, यो ठीक भएन । हैदरावादको एक भाषणमा समेत उनले प्रधानमन्त्रीलाई लपेटे । सरकारको खाद्य सुरक्षा कार्यक्रमसमेत गतिलो नभएको उनले व्याख्या गरे ।

राजनले भने अनुदानको साटो मानिसको खातामा सीधै पैसा पठाइयोस् । जुन यसअघिका सरकारको योजनामा भएपनि काम भएको थिएन । हालसम्म पनि राजनको बारेमा आम मानिसले सम्झना गरिरहेका छन् । जहाँ सबै मानिस पद प्रतिष्ठाको दौडमै लागिरहेका छन् । मानिस एउटाले अर्काको खुट्टा तानेर अघिबढ्न तयार छन् । कोही पछि हट्नेवाला छैनन् । सरकारी अधिकारी नै त्यसका लागि परिचालित छन् ।

सन् २०११ पछि भारतको अर्थतन्त्र बिग्रन थाल्यो । सन् २०१२ आउँदा नआउँदै भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा कमजोर भयो । ६० सम्म पुग्यो । लाग्यो कि अवस्था, सन् १९९१ कै हालतमा पुग्यो ।

सबै कमजोरी रिजर्भ बैंकको गर्भनरको मात्रै थिएन । सरकारको नीति, विदेशी बजार, अमेरिकाको नीति त्यसमा जोडिएको थियो । यस्तो अवस्थामा अर्थमन्त्री पी चिदम्बरमले राजनलाई गभर्नरको रुपमा बोलाए । यो कुरा सजिलो थिए । हालसम्म अधिकांश गभर्नर आइएएसका अफिसर नै हुन्छन् । उनी त्यो थिएनन् ।

एलआइसी वा रिजर्भ बैंकबाट नै आउँथे । लगभग सबै राजनीतिक मानिस जान्दथे । जनतामा, मन्त्रालयमा काम गर्दथे । भारतमा काम गर्ने तरिकाको बारेमा परिचत थिए । राजन त बाहिरी मान्छे थिए । भारतका बारेमा लेख्ने बोल्ने जरुर गरेका थिए । लेख्ने, बोल्ने कुरा अलग थियो ।

भारतीय कर्मचारीतन्त्रमा उनले काम गरेका थिएनन् । राम्रो गर्नेको मतलब हुँदैनथ्यो । भारतीय क्रिकेटको कोच सबै मानिस बन्न सक्दैनन् । भारतीय संस्कृतिको बारेमा थाहा पाउनु पर्दथ्यो । सोही खालको अवस्था यहाँ पनि थियो ।
उनको बुबाले यो कुरा भनेका थिए । बुबाले भनेका थिए– राजन म्याराथुन, स्क्वास, ब्याडमिन्टन सबै मानिस खेल्न सक्छन् । तर, त्यस्तो खेल सबैले खेल्न सक्दैनन्, जुन सबैका लागि हुन्छ ।

बुबाले यो पनि भनेका थिए कि मेरो तीन छोरा आइआइटीमा पढेका छन् । रघुको अगाडि बाँकी कुनैले केही जान्दैनन् । रघुका पूरा परिवार नै आइआइटी, आइआइएम, येल एमआइटीमा पढेका थिए ।

मानिसको मनमा खुसियाली छाउन थाल्यो । जसरी कलामको नाममा आएको थियो । हामी हिन्दुस्तानी हिरोको खोजीमा छौं । गभर्नरको रुपमा एक नयाँ हिरो प्राप्त भएको थियो । ठूलो आशाका साथ मानिसहरुले हेरिरहेका थिए । यो असाध्यै ठूलो र अजीब विषय पनि थियो । सरकारी अधिकारीको लोभ र पापका कारण मानिस हैरान थिए ।

मानिसहरु भनिरहेका थिए कि खास मान्छे यो हो । कोही जेम्स बण्ड भनिरहेका थिए । सञ्चारमाध्यमहरुले यही देखाइरहेका थिए, जब सेप्टेम्बर आउँछ, तब राजन दशहराको दिन सबैलाई मंगल ग्रहमा लिएर जान्छन् ।

हामी सबैको जीवनमा एक ठूला दाई हुन्छन् । अर्थात् त्यो नभए भाई हुन्छन् । काकाका छोरा, या मामाका । मस्त, जबरजस्त रकस्टार बिर्साउने खालका । उसलाई यस्तो देखिन्छ कि ऊ खासमा बादशाह नै हो । उसले सबैलाई खास नयाँ स्थानमा लैजान्छ । चाहे कुनै काम बिग्रे पनि ऊ उभिनेबित्तिकै सबै काम तमाम भइहाल्छ । गडबडी भएपनि मज्जा आउँछ । उक्त समयको कुनै अपसोचसमेत रहँदैन, किनकी, मस्त रहन आफना भाइका साथ ५ मिनेट पाएपनि पुग्छ ।
राजनले ३ वर्ष गर्भनर भएर के के काम गरे ? उनले गरेको काम याद गर्न लायक छ वा छैन भन्ने बारेमा पनि हेर्नुपर्छ ।

जब राजन भारतीय केन्द्रीय बैंकको गभर्नर बनेका थिए । तब आर्थिक वृद्धिदर ५.६ प्रतिशत थियो भने मूल्यवृद्धिदर ९.५२ प्रतिशत थियो । जब उनी गर्भर बने मूल्यवृद्धिदर ५.६ प्रतिशत र आर्थिक वृद्धिदर ७.६ प्रतिशत पुग्यो । बीचमा मूल्य वृद्धिदर ३.५ प्रतिशतले कम हुन पुग्यो । दाल धेरै समयसम्म महंगिएको थियो । आलू र गोलभेडा समेत महंगो भएको थियो । जबकी, कच्चा तेलको मूल्य समेत लामो समयदेखि कम भएको थियो । मोदीले तेलको मूल्य कम हुने विषयलाई भाग्यको खेलजस्तै बनाए । रघुले त्यसलाई रोकिदिएका थिए । नत्र दाल २०० मा पुग्नेवाला थियो ।

मोदी सरकार रघुरामप्रति असाध्यै रिसाएको थियो । किनकी, कर्पोरेट तथा बैंकले दिने ऋणको व्याज ३ वर्षमा यति कम गरिदिए कि जति आम नागरिकले खोजेका त्यही थिए । किनकी, राजनको प्राथमिकता मूल्य वृद्धिमा रहेको थियो । किनकी, महंगाइको खास अर्थमा प्रभाव सीधै नागरिकमा पर्दथ्यो ।

ब्याजदर कम हुने बित्तिकै बजारमा व्यवसायमा लागि बढी मात्रामा पैसा आउँछ । पैसाको बढी फ्लो हुनासाथ महंगाई थप बढ्छ । केवल केही मानिसका लागि मात्रै फाइदा हुन्छ । सरकार बेखुसी भएपनि राजनले खास अर्थमा महंगाईलाई सही हिसाबमै राखे ।

पेमेन्ट बैंकः बैंकको पहिलो अर्थ शाखामा गएर लाइन लाग्नु मात्रै हुन्थ्यो । तर, मजदुर लाइनभन्दा बाहिर निहुरिएका हुन्थे । जसरी यो स्वर्ग जानका लागि लाइन लागिरहेका छन् । पहिले मनमोहन सिंह तथा मोदीले समेत सिद्दान्ततः यसलाई असाध्यै सचेतताका साथ माने । रघुले बैंकको कामलाई सामान्य बनाएर साना साना कारोबार गर्न सुझाव दिए । त्यसपछि कयौं तरिकाका साथ नयाँ-नयाँ विचार आयो । आउने ४/५ वर्षमा तयसको परिणाम देखिन्छ ।

माइक्रो फाइनान्स बैंकः सानो सानो व्यवसायका लागि स्टेट बैंकले ऋण दिँदैनन् । केही न केही भनेर उनीहरु भाग्छन् । राजनले माइक्रो फाइनान्स गर्ने कम्पनीलाई बैंकको लाइसेन्स दिए । यता-उता मिलाएर भएपनि ऋण दिन सक्छन् । अब खास अर्थमा बजारबाट पैसा उठाएर भएपनि उनीहरुले ऋण दिन्छन् ।

हुलाक कार्यालयः सन् २०१५ मा रघुले हुलाक कार्यालयलाई समेत बैंक चलाउने अनुमति दिए । जबकी पेमेन्ट बैंक पनि रहन्छन् । कम पैसा भएका मानिसका लागि यस्तो व्यवस्था बरदान सावित हुन गयो ।

होलसेल बैंकः यूपीए सरकारमा हामीले पोलिसी प्यारालाइसिस भएको असाध्यै सुनिएको थियो । निर्णय नभए परियोजना रोकिने अवस्था थियो । कयौं पटक सरकारी बैंक ऋण दिने निर्णय नै गर्न नसक्ने अवस्थामा थियो । यहाँ सडक, बिजुली भवन अर्थात् भौतिक पूर्वाधारमा असाध्यै कम लगानी भएको छ ।

बिनाऋण केही बन्नेवाला छैन । बिनामानिस यी कुनै पनि पूर्वाधार बन्नेवाला नै थिएन । कस्को साथमा यतिधेरै पैसा छ । राजनले प्रस्ताव गरे कि केवल भौतिक पूर्वाधारको विकास गर्नका लागि होलसेल बैंक बनाउन जरुरी छ ।

विदेशी बैंकः सरकारी बैंकको यतिधेरै हैसियत छैन, जुन विदेशीले गर्न सक्छन् । तब, राजनले विदेशी बैंकलाई कागजी प्रक्रियालाई सरलीकृत गरिदिए । उनीहरु यहाँ सहजै आफ्ना शाखा खोल्न सकून् । उनीहरुले नयाँ प्रविधि लिएर आउँछन् । उनीहरुले कुरै कुरामा राशन कार्डसमेत माग्दैनन् । उनीहरुका कर्मचारी पान खाएर थुक्दैनन् । न उनीहरुलाई सर भनेर बोलाउनु पर्छ । तपाईं मिस्टर डिकोस्टा भनेर बोलाउन सक्नुहुन्छ । उनीहरु तपाईंलाई सर भन्नेछन् । बैंक सेवा क्षेत्र हो । उनले समेत सर बोल्नु जरुरी हुन्छ । नत्र उनीहरु सानो शहरी क्षेत्रमा पुग्छन् र बाँकी रहेका अरु सबै बैंकले थोरै शर्म मान्नेछन् । ठूला शहरमा त एसबिआई जस्ता बैंकले समेत सोफामा बसाउनेछन् नै ।

बैंकको व्यालेन्ससिटः हामी हरेक दिन समाचार सुन्छौं । एनपीए, नन फरफर्मिङ एसेट्स । मतलब बैंकको यस्तो ऋण जो फिर्ता भएको छैन । ऋण कस्को थियो ? रामप्रसाद चौरसियाको ? वा परदेशी महत्तोका ? मुन्नु पाण्डेको ? त्यसपछि बेलसम्म बजाउन जानेछन् बैंकका कर्मचारी । नन फरफर्मिङ एसेट्सको खास मतलब यस्तो हो, जुन माल्याको जस्तै । साराहाको जस्तै, अडानीको जस्तै । उनीहरु ऋण लिन्छन्, कुनै गडबडी हुने बित्तिकै विदेशिन्छन्, तपाईं उनीहरुलाई केही गर्न सक्नुहुन्न् । तर, उनीहरुलाई बिना सोच–विचार किन ऋण दिइन्छ ? बैंकका ठूला कर्मचारी, ठूल्ठूला अधिकारी जो थाइल्याण्डमा छुट्टी मनाउन जान्छन् । उनीहरुलाई पैसा कसले दिन्छन् । तपाईं आफैं सोच्नुस् ।

रघुले बैंकको आफनो व्यालेन्स सिट चुस्त-दुरुस्त राख्ने निर्देशन दिए । वर्षौ पूरानालाई समेत ठीकठाक राख्न भने । फेरि, जुन कम्पनीले पैसा फिर्ता गरेनन्, उनीहरुका बारेमा सार्वजनिकरुपमा सूचना प्रकाशित गर्न निर्देशन दिए । त्यसबाट को-को रिसाए । सोध्नु जरुरी छैन । किनकी, बैंकको पैसा नागरिकको हो, साहुजीहरु दाइजोमा आएको होइन ।

डलर रिजर्भः रघुले विदेशी करेन्सीका विषयमा समेत स्पष्ट नीति ल्याए । विदेशी मानिस जो भारतमा बस्छन्, उनीहरुलाई डलर खाता खोल्न सहज बनाइदिए । त्यसबाट विदेशी मुद्रा बढ्यो । यो असाध्यै चतुर्याई थियो । विदेशी मुद्रा भारतमा असाध्यै बलियो अवस्थामा पुग्यो । चिन्ताको कुनै कारण नै बनेन ।

सन् २००५ अघिको नोट रद्दः उनले सन् २००५ भन्दा पहिलेको नोटको रद्द गर्नु एउटा मास्टरस्ट्रोक नै थियो । भारतमा नक्कली नोट असाध्यै बढेको थियो । त्यसले आर्थिक आतंक फैलाइरहेको थियो । त्यो पूरा त भएन, तर एउटा राम्रो मार्गदर्शन भने बनेको थियो, गलत कामलाई नियन्त्रण गर्न ।

रिजर्भ बैंकमा नयाँ कर्मचारीः उनले अधिकृतको छनौट प्रक्रियालाई असाध्यै द्रुततर गतिमा अगाडि बढाए । परीक्षामा कमन सेन्स खालका प्रश्न समावेश गरे । असाध्यै राम्रो पेपर भने पहिलो पटक बनेको थिएन । तर, एक झट्काका लागि नयाँ प्रयोग गर्नु जरुरी थियो । त्यो एउटा लक्ष्यसहितको थियो ।

समितिः रिजर्भ बैंकको सुधारका लागि रघुले ३ फरक समिति बनाए । अर्जित पटेल समिति, नचिकेत मोर समिति, पिजे नायक समिति । तीन समितिले भारतको बैंकिङ क्षेत्रलाई परिवर्तन गर्ने सुझाव दियो । यो अझै प्रक्रियामा रहेको छ । पूरा भएको छैन । जब ती समितिको सुझाव लागु हुन्छ, तब रिजर्भ बैंक कर्पोरेट क्षेत्रदेखि आम नागरिकमा ठूलो दाइ बन्न जानेछ ।

अवार्डः रघुलाई संसारभरकै सबैभन्दा उत्कृष्ट गर्भनरको अर्वाडसमेत पाए । एकपछि अर्को निर्णय गर्ने क्षमता देखाए । तयसबाट कार्यालयमा हरेक दिन कस्तो माहौल बन्ला, तपाईं आफैं विचार गर्नुस् । एक समय मोदीले एक बैठकमा नै भनेका थिए- मलाईं फाइनान्स तथा अर्थतन्त्रको बारेमा पढ्न नै जरुरी छैन, किनकी रघुले मलाई यसरी बुझाइदिएको छ कि म सबै क्षेत्रमा स्पष्ट छु । तर, उनै मोदीले रघुको मानमर्दन गरे ।

राजनले अर्को मानक पनि स्थापित गरेका थिए । हरेक मानिसको आफ्नै हैसियत हुन्छ । के अफिसर, के नेता सबै आफ्नो हैसियतमा बस्न जरुरी हुन्छ । उग्रता देखाउन जरुरी छैन । मुस्कुराउनुस् । केवल एउटा बोलीले कुनै पनि दुश्मनलाई तपाईंले आफ्नो काबुमा ल्याउन सक्नुहुन्छ । त्यहाँ कुनै धक्काधक्की गर्नु जरुरी नै पर्दैन ।

आजकल भारतमा एउटा शब्द असाध्यै प्रचलित छ । अरुण जेट्ली भन्थे कि भारत चाँडै चीनलाई पछाडि छाड्नेवाला छ । तर, राजन भन्थे, सावधान । अझै धेरै टाढा छ । आफ्नो काम पहिले गरौं । देशभक्त वा देशद्रोही भन्न छाडेर काम गरौं । राजनले सपाटरुपमा भनेका थिए, हामी आफ्नो काम गरौं, लक्ष्य तय गरौं । अरु कुरा छाडौं ।

सही कुरामा अडिने मानिस कति जाना होलान् ? ती आए पनि कति समय टिक्लान् भन्ने विषय महत्वपूर्ण हो । इण्डियन एक्सप्रेसमा रघुको सन्देश आएको थियो । भनेका थिए कि- अफिसर बैंकका गएर हेर कि एक आम सर्वसाधारण उक कागज बनाउनका लागि कति मात्रामा हैरानी खेप्नुपर्छ । यदि, त्यही कर्मचारी अवकाश पछि बैंक गयो भने उसले थाहा पाउँछ कि हाम्रो अवस्था के छ भनेर ।

राजनले आफ्ना साथी उर्जित पटेलको सहयोग मागे, रिजर्भ बैंक सुधार गर्नका लागि । उनले मनिटरी पोलीसी कमिटि बनाउने सुझाव दिए । व्याजदर तय गर्ने विषय गर्भनरको हातमा रहन्छ । कमिटि बनेपछि यो अधिकार रहँदैन । तथा कमितिसामू जवाफ दिनु जरुरी छ । कुनै कर्मचारी आफ्नो अधिकार कटौती गर्न चाहन्छ र ? रघुलाई यो विषय मान्य थियो । तर, सरकारले यो विषयलाई राजनीतिसँग जोडन थाल्यो । रघुले स्पष्ट भनिदिए कि सर, कुरा यस्तो होइन । उर्जित पटेल सायद अर्को पटक गर्भनर बन्न सक्छन् ।

रघुलाई जब एक गार्डले सलाम गरे, उनले पनि बिन्दास तरिकाले सलाम ठोकिदिए । यसको मतलब उनी गभर्नर थिए, तर ती गार्डको हैसियत पनि उनका लागि उत्तिकै महत्वपूर्ण थियो । किनकी, ती गार्डले उनले सुरक्षा गर्थे ।

सन् २०१३ मा मनमोहन सरकारको समयमा भारतको अर्थतन्त्र असाध्यै समस्यामा परेको थियो । चारैतर्फ निराशा थियो । एक १० वर्षीय बच्ची लैलाले रघुलाई पत्र लेखिन् । २० डलर पनि पठाइन् । भनिन् कि सर मेरो तर्फबाट । १० दिनपछि रघुको पत्र ती बच्चीलाई प्राप्त भयो । थप २० डलर र धन्यवादका साथ । उनले भने कि, निराश हुनु जरुरी छैन । हामी सबै सम्हाल्छौं । हाम्रो साथमा धेरै पैसा छ ।

त्यसपछि उनले लैलालाई बोलाएर रिजर्भ बैंक समेत घुमाए । उनले सबैको मन जितेका थिए । किनकी, उनी एउटा रकस्टार जस्तै लोकप्रिय थिए । (ललनटपबाट)


क्लिकमान्डु