पुनर्बीमाको लागि लाइसेन्स माग गर्दै ५ वटा कम्पनीले दिए आवेदन, एउटा कम्पनीले लाइसेन्स पाउने



काठमाडौं । पुनर्बीमा कम्पनीको लाइसेन्सको माग राख्दै ५ वटा कम्पनीले बीमा समितिले आवेदन दिएका छन् ।

बीमा समितिले बैशाख १६ गते २१ दिनको समय राखेर एउटा कम्पनीलाई लाइसेन्स दिने भन्दै आवेदन माग गरेको थियो ।

समितिमा प्र्र्र्रुन्डेन्सियल रि, काठमाडौं रि, जेन्युइन रि, अन्नपूर्णा रि र हिमालयन रि गरी पाँच वटा कम्पनीले प्रस्ताव पेश गरेका हुन् ।

समितिका कार्यकारी निर्देशक राजु पौडेलले तोकिएको समयभित्र ५ वटा कम्पनीले आवेदन माग गरेको जानकारी दिए । समितिले गर्ने मूल्यांकनमा सबैभन्दा बढी नम्बर ल्याउने कम्पनीले लाइसेन्स पाउने छ ।

अहिले सरकारी लगानीमा स्थापना भएको नेपाल पुनर्बीमा कम्पनी संचालनमा रहेको छ । बीमा समितिले अध्ययन गर्दा थप एउटा पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिन सकिने देखिएको थियो ।


क्लिकमान्डु