औषधी र मेडिकल सामग्री आयात गर्दा भन्सार महशुल तथा कर नलाग्ने



काठमाडौं । नेपाल सरकारबाट कोभिड–१९ बाट संक्रमित बिरामीहरूको लागि प्रयोग हुने विभिन्न औषधी तथा मेडिकल सामग्रीहरू आयात गर्दा भन्सार महशुल लगायतका शुल्क र कर नलाग्ने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज एक सुचना जारी गर्दै मेडिकल सामग्रीहरूको आयात गर्दा भन्सार महशुल शुल्क र करमा छुट दिएको जनाएको छ ।

विभागले आपूर्ति सहजीकरण गर्ने निर्णय भएको आयातकर्ता, वितरक तथा विक्रेताले विभिन्न व्यवस्था गर्नुपर्ने जनाएको छ । जसमा विभागले रेम्डेसिभिर औषधीको खुद्रा मूल्य सार्वजनिक गरी सर्वसुलभ रुपमा बिक्री वितरणको व्यवस्था मिलाउनुपर्ने छ । साथै, अक्सिजन सिलिन्डर, मेडिकल ग्रेड अक्सिजन, लिक्विड अक्सिजन ट्याङक, भेन्टिलेटर मास्क, अक्सिजन रेगुुलेटरलगायत आईसियु बेडको अधिकतम खुद्रा मूल्य सार्वजनिक गरी सर्वसुलभ रुपमा बिक्री वितरण गर्नुपर्ने छ ।

त्यसैगरी कर महशुल छुटमा पैठरी हुने उपरोक्त अनुसारका औषमी तथा स्वास्थ्य सामग्रीको मूल्य गुणस्तर एवं बिक्री वितरणको अनुगमन हुने हुँदा वस्तुहरुको गुणस्तर परीक्षण गरी अधिकतम खुद्रा मूल्यको जानकारी विभागमा गराउन आग्रह गरेको छ ।


क्लिकमान्डु