बैशाख महिनामा निक्षेप र कर्जा बढाउनेमा एनआईसी, कुमारी र सानिमा अगाडि, यस्तो छ विवरण



। बैशाख महिनामा बैंकहरुको निक्षेप ११ अर्ब ४२ करोड रुपैयाँले बढ्दा कर्जा ३७ अर्ब २ करोड रुपैयाँले बढेको छ ।

बैशाख मसान्तसम्ममा बैंकहरुको निक्षेप ३९ खर्ब ५५ अर्ब रुपैयाँमा पुगेको छ । कर्जा भने ३६ खर्ब १० अर्ब रुपैयाँमा रहेको छ ।

बैशाख महिनामा सबैभन्दा बढी निक्षेप ८ अर्ब ७४ करोड रुपैयाँले एनआईसी एशियाले बढाएको छ । एनआईसी एशियाले निक्षेपको आकार नै ३ खर्ब ४ अर्ब पुर्याएको छ । कुमारी बैंकले बैशाख महिनामा ६ अर्ब ४८ करोडले निक्षेप बढाएको छ ।

दोस्रोमा बैशाख महिनामा निक्षेप बढ्नेमा सानिमा बैंक छ । नेपाल बैंकले ५ अर्ब ८४ करोड, यस्तै एसबिआई बैंकले ४ अर्ब ९१ करोडले निक्षेप बढाएका छन् । एनबी बैंकले ४ अर्ब २९ करोडले निक्षेप बढाएको छ । यो वर्ष निक्षेप बढाउन नसक्ने बैंकमा एनबी छ ।

एनबीले साउनदेखि बैशाख मसान्तसम्म ६ अर्ब ३८ करोडले निक्षेप बढाएकोमा बैशाखमा मात्र ४ खर्ब २९ करोडले बढाउन सफल भएको छ । यस्तै सानिमा बैंक ४ अर्ब १२ करोडले निक्षेप बढाएको छ ।

बैशाख महिनामा सबैभन्दा बढी निक्षेप घट्नेमा प्रभु बैंक रहेको छ । प्रभु बैंकको निक्षेप ६ अर्ब २ करोडले बैशाख महिनामा घटेको छ । यद्यपी प्रभुले १० महिनामा २४ अर्ब ९५ करोड रुपैयाँले निक्षेप बढाएको छ । मेगा बैंकको ४ अर्ब ८४ करोड रुपैयाँले निक्षेप घटेको छ यस्तै ग्लोबल आइएमई बैंकको ४ अर्ब ३२ करोड रुपैयाँले निक्षेप घटेको छ । एनएमबिको पनि ३ अर्ब ६४ करोड रुपैयाँले निक्षेप घटेको छ । सिद्धार्थ बैंकको पनि ३ अर्ब ९१ करोड रुपैयाँले निक्षेप घटेको छ ।

कर्जा तर्फ एनआईसी एशियाले बैशाख महिनामा मात्र ६ अर्ब ९२ करोड रुपैयाँले बढाएको छ । यस्तै सानिमा बैंकले ४ अर्ब,ग्लोबल आइएमई बैंकले ३ अर्ब ९१ करोडले,२ अर्ब ४८ करोडले कुमारी बैंकले कर्जा बढाएको छ ।

बैशाख महिनामा एनसीसी ६१ करोड रुपैयाँले कर्जा घटेको छ । नबिल २२ करोड तथा मेगा २० करोडले बैशाख महिनामा कर्जा घटेको छ । यस्तै १७ करोडले बिओकेका कर्जा बैशाखमा घटेको छ ।

बैशाख महिनामा बैंकहरुको बढेको वा घटेको निक्षेप र कर्जाको स्थिती(रकम अर्बमा)

 

Bank Deposti growth baishak Lending growth baishak
ADBNL -1.07 1.72
BOK 0.96 -0.17
CENTURY -3.01 1.34
CITIZEN -0.71 0.31
CIVIL 0.36 1.77
EBL -2.53 1.40
GLOBAL -4.32 3.81
HBL 2.21 0.26
KUMARI 6.48 2.48
LAXMI 2.72 1.87
MBL -0.58 1.98
MEGA -4.84 -0.20
NABIL 1.71 -0.22
NBBL 4.29 0.34
NBL 5.84 0.82
NCC -4.63 -0.61
NIBL 2.59 1.46
NIC 8.74 6.92
NMB -3.64 1.67
NSBL 4.91 -0.01
PRABHU -6.02 1.04
PRIME -1.48 1.13
RBB 2.21 0.71
SANIMA 4.12 4.01
SBL -3.91 1.61
SCBNL 1.43 0.41
SUNRISE -0.41 1.17


क्लिकमान्डु