सगरमाथा इन्स्योरेन्सद्वारा लाभांश घोषणा



काठमाडौं । सगरमाथा इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने घोषणा गरेको छ ।

उक्त निर्णय बीमा समितिबाट स्वीकृत भएपछि वितरणको प्रस्ताव अनुमोदनका लागि आगामी वार्षिक साधारण सभामा पेश हुनेछ ।


क्लिकमान्डु