सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घट्यो



काठमाडौं । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम भएको सुनको मूल्य बुधबार १ सय रुपैयाँले घटेर ९३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ कायम भएको थियो भने बुधबार ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएको थियो भने बुधबार २० रुपैयाँ घटेर १३ सय ७० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु