बिटक्वाइनको मूल्यमा भारी गिरावट, उच्च मूल्यबाट ३९ प्रतिशत तल झर्यो



काठमाडौं । क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यमा भारी गिरावट देखिएको छ । एक महिना अघिसम्म एक बिटक्वाइनको मूल्य एक सातामा १६ हजार डलरले घटेको छ ।

गत मे ८ तारिखमा ५८ हजार ९५८ डलर रहेको एउटा बिटक्वाइनको मूल्य बुधबारसम्म आइपुग्दा घटेर ३९ हजार ५३२ डलरमा आइपुगेको छ । र, यो गत फेब्रुअरी ९ तारिखयताको सबैभन्दा कम मूल्य हो ।

यसअघि एउटा बिटक्वाइनको मूल्य गत अप्रिलको मध्यमा ६४ हजार ८२९.१४ डलरसम्म पुगेको थियो

टेस्लाका मालिक एलन मस्कले बिटक्वाइन बिक्री गर्न थालेसँगै यसको मूल्यमा भारी गिरावट आएको हो । टेस्लाले १.५ अर्ब डलर बराबरको बिटक्वाइन खरिद गरेको समाचार प्रकाशित भएका थिए ।

केही दिन अघि मात्रै बिटक्वाइनबाट टेस्ला खरिद गर्न नपाउने समाचार प्रकाशित भएका थिए । उनले पर्यावरणका खातिर उक्त निर्णय गरिएको बताएका थिए । त्यसयता बिटक्वाइनको मूल्य लगातार घटिरहेको छ ।

मंगलबार नै तीन चिनियाँ बैंकिङ तथा भुक्तानी प्रदायकले भर्चुअल करेन्सी खरिद नगर्न चेतावनी दिएका थिए ।

योसँगै बिटक्वाइनको ओरालो यात्रा शुरु भएको कतिपयको टिप्पणी छ । सबैभन्दा उच्च विन्दुमा पुगेर ३९ प्रतिशतको गिरावट पछिल्लो एक महिनामा बिटक्वाइनको मूल्यमा देखिएको छ ।


क्लिकमान्डु