अक्सिजन उद्योग स्थापना गर्न बैंकबाट बेसरेटमा ऋण पाइने, पुनरकर्जाको सुविधा एकवर्ष

168
Shares

काठमाडौं । कोरोना भाइरसको कारण अक्सिजनको माग बढेपछि राष्ट्र बैंकले अक्सिजन उद्योग स्थापनाको लागि सहुलियत दरमा ब्याजदर दिने नीतिगत निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षा गर्दै नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट वा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाहरुले आधार दर मिलाएको छ ।

हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्टको लागि ५० करोडसम्म तथा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनको लागि २० करोडसम्मको कर्जालाई एक वर्षको लागि विशेष पुनरकर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने छ ।