नागरिक लगानी कोषको नाफा ५६.३८ प्रतिशतले बढ्यो
काठमाडौं । नागरिक लगानी कोषको नाफा ५६.३८ प्रतिशतले बढेको छ ।
कोषले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कोषले कुल ५९ करोड ९२ लाख रुपैयाँ खुद नाफा गरेको छ । कोषले गत आवको सोही अवधिमा कुल ३७ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कोषले समीक्षा अवधिमा ९९ करोड ५९ लाख २१ हजार आम्दानी गरेको छ भने गत आवको सोही अवधिमा ७० करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कोषको चालु आवको तेस्रो त्रैमाससम्ममा २० करोड ६५ लाख खर्च भएको छ जबकी यस्तो खर्च गत आवको सोही अवधिमा २० करोड २६ लाख रुपैयाँ थियो ।
३ अर्ब चुक्ता पुँजी रहेको कोषको जगेडामा १३ अर्ब २६ करोड ४० लाख ३४ हजार छ ।
कोषको आरओइ ८ प्रतिशत छ भने फन्ड टु इन्भेष्टमेन्ट रेसियो ९५.५४ प्रतिशत छ । साथै नेटवर्छ १५६ रुपैयाँ र इपीएस २६ रुपैयाँ छ ।