सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढ्यो
काठमाडौं । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको सुनको मूल्य आइतबार ९ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम भएको थियो भने आइतबार ९२ हजार रुपैयाँ कायम भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ३५ रुपैयाँ कायम भएको थियो भने आइतबार १५ रुपैयाँ बढेर १३ सय ५० रुपैयाँ कायम भएको छ ।