सीडीइएनद्वारा आविष्कार केन्द्रलाई सहयोग



काठमाडौं । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल (सीडीइएन)ले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ ।

सीडीइएनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आविष्कार केन्द्रलाई १ लाख १ हजार १०१ रुपैयाँ सहयोग गरेको हो । सीडीइएनका अध्यक्ष उमेशप्रसाद थानीले बिहीबार महाविर पुनलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

‘यस स्वास्थ्य संकटको समयमा सरकारले आफ्नो दाहित्व विर्सेको छ । महावीर पुर र उहाँको राष्ट्रिय आविष्कार केन्द्रले अक्सिजन सिलिन्डरको जोहो गर्दै आइरहेको छ’, सीडीइएनका कोषध्यक्ष ई. श्याम दाहालले भने, ‘विभिन्न अस्पतालमा बिग्रेर थन्कोका भेन्लिेटर र आइसियू मर्मत गरिरहेको छ ।

केन्द्रले अक्सिजन उत्पादक कम्पनीमा आइपरेका प्राविधिक समस्या समाधान गर्ने काम गरिरहेको छ ।’ कोभिड–१९ संग लड्न आवश्यक पूर्वाधार विकास गर्न केन्द्रलाई सहयोग गरिएको दाहालले बताए ।


क्लिकमान्डु