अत्यावश्यक काम नपरेर बैंकमा नआउन विकास बैंक एशोसियनको अनुरोध



काठमाडौं । अत्यावश्यक काम बाहेक अन्य काम लिएर बैंकमा नआउन विकास बैंक एशोसियनले ग्राहकहरुलाई अनुरोध गरेको छ ।

वाणिज्य बैंकहरुको संस्था नेपाल बैकर्स एशोसियनले ५० हजारभन्दा तलको निक्षेप नै स्विकार नगर्ने निर्णय गरेको छ ।

विकास बैंक एशोसियनले भने निक्षेपमा कुनै सिमा तोकेको भने छैन । ग्राहक र कर्मचारीको सुरक्षाका लागि उपलब्ध र संभव भएसम्मका अझ थप उपायहरु अवलम्वन गर्नको लागि प्रधान कार्यालयका कर्मचारीहरुलाई अत्यावश्यक बाहेकका कामका लागि कार्यालयमा नबोलाउने र वर्क फर्म होमको माध्यमबाट कार्य गर्ने उल्लेख छ ।

सम्भव भएसम्म डिजिटल बैंकिङ् प्रडक्टहरुबाट बैंकिङ् कारोवार गर्न आ—ग्राहकहरुलाई उपलब्ध र संभव भएसम्मका संचार माध्यमबाट अनुरोध गर्ने र आ—आफ्ना ग्राहकहरुलाई परिस्थिति केहि सहज नभए सम्म साना साना निक्षेप जम्मा गर्न भरसक बैंकमा नआउन अनुरोध गर्ने तथा नेपाल राष्ट्र बैंक, सम्बन्धित जिल्ला प्रशासन ÷नेपाल सरकारले दिएको निर्देशन पूर्णतया अनुपालना गर्ने उल्लेख गरेको छ ।


क्लिकमान्डु