सिभिल बैंकले घर किन्न ८.८२ प्रतिशतमै कर्जा दिने, अन्यमा कति ब्याजदर



काठमाडौं । सिभिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले कर्जाका लागि बेसरेट ७.८२ प्रतिशत तोकेको छ । जसमा घर कर्जामा ५ वर्षका लागि थप १ प्रतिशत गरी ८.८२ प्रतिशतमै कर्जा उपलब्ध गराउने भएको छ ।

त्यसैगरी १० वर्षका लागि घर कर्जा लिँदा अधिकतम ९.८२ प्रतिशत र १५ वर्षका लागि घर कर्जा लिनका लागि अधिकतम १०.३२ प्रतिशत र सोभन्दा माथिको अवधिका लागि घर कर्जा लिँदा १०.८२ प्रतिशतमा कर्जा उपलब्ध गराउने भएको छ ।
त्यसैगरी अटो लोनका लागि बैंकले आधार दरमा न्यूनतम ४ प्रतिशतदेखि ७ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

बैंकले २१ प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ । जसमा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ५.०५ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।


क्लिकमान्डु