नबिल बैंकको सार्वजनिक गर्यो नयाँ ब्याजर, कुनमा कति ?
काठमाडौं । नबिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । आगामी महिनाका लागि बैंकले बचत तथा कर्जामा नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बचततर्फ बैंकले विभिन्न १९ प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ । जमसा बैंकले न्यूनतम १.५ प्रतिशतदेखि अधिकतम ३.५२ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
त्यसैगरी मुद्दति निक्षेपतर्फ न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६.५१ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
कर्जातर्फ बैंकले बेसरेट ६.१८ प्रतिशत तोकेको छ भने चैत महिनासम्म स्प्रेड रेट ३.२० प्रतिशत छ ।
बैंकले हाउजिङ लोन, मोर्टरेज, अटो, एजुकेशन, पर्सलन ड्राफ्ट, कर्पोरेट इम्प्लोइज लोन, नबिल पर्सनल लोनका लागि बेसरेटमा बढीमा ७ प्रतिशतसम्म ब्याज लिन पाउने गरी निर्धारण गरेको छ ।
त्यसैगरी कृषिमा कर्पोरेटतर्फ बेस रेटमा ०.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म र व्यक्तिगत रुपमा १.५० प्रतिशतदेखि ६ प्रतिशतसम्म उर्जाको क्षेत्रमा कर्पोरेटतर्फ ०.५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म र व्यक्तिगत तर्फ २ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।