सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो
काठमाडौं । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार सय रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार ४ सय रुपैयाँले घटेर ९१ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको थियो भने बिहीबार ९१ हजार १ सय रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ कायम भएको थियो भने बिहीबार १० रुपैयाँ घटेर १३ सय ३५ रुपैयाँ कायम भएको छ ।