युनिलिभरको नाफा ५२१ प्रतिशतले बढ्यो, ३ महिनाको महिनाको खुद नाफा ३२ करोड



काठमाडौं । कोरोना महामारीका कारण गत वर्ष घाटामा गएको युनिलिभिर नेपालको नाफा चालु आवको तेस्रो त्रैमाससम्ममा बढेको छ ।

गत आवको तेस्रो त्रैमासमा ७ करोड ७३ लाख घाटामा भएको कम्पनीले चालु आवको सोही अवधिमा नाफा ३२ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार कम्पनीको कुल आम्दानी १ अर्ब ३४ करोड ३४ लाख रुपैैयाँ छ । जबकी कम्पनीले गत आवको समीक्षा अवधिमा कल १ अर्ब १० करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको कुल ९ करोड २१ लाख रुपैयाँ चुक्तापुँजी छ ।


क्लिकमान्डु