मर्जरमा जाने भएपछि हिमालयन बैंकका सीइओ अशोक राणाले कर्मचारीलाई लेखे यस्तो इमेल



काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच बिहीबार(आज) मर्जर सम्झौतामा हस्ताक्षर हुँदै छ ।

नेपालको बैंकिङ क्षेत्रमा वाणिज्य बैंकबीचको यो ठूलो मर्जर हो । मर्जरपछि हिमालयन इन्भेष्टमेन्ट बैंकको नामबाट कारोबार सुरु हुने छ । मर्जरपछि चुक्ता पूँजी,निक्षेप र कर्जाको आधारमा सबैभन्दा ठूलो हिमालयन इन्भेष्टमेन्ट बैंक हुने छ ।

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले राष्ट्र बैंकको ‘बिग मर्जर’ नीतिलाई सहयोग गर्न हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा जान लागेको जानकारी दिएका छन् ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच बिहीबार मर्जरको सम्झौता हुने

मर्जरपछि अध्यक्ष बन्न लागेका पृथ्वीबहादुर पाँडे हिमालयन बैंकका सेयरधनी तथा संस्थापक प्रमुख कार्यकारी अधिकृत रहेको जानकारी दिएका छन् ।


क्लिकमान्डु