काठमाडौं उपत्यकामा बीमा कम्पनीका शाखा बन्द, केन्द्रिय कार्यालयमा १० जना कर्मचारीले कार्यालय चलाउने



काठमाडौं । बिहीबारदेखि दुईसातासम्मको लागि बीमा कम्पनीका शाखा कार्यालय बन्द रहने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बीमा कम्पनीका शाखा बन्द गर्ने निर्णय गरेसँगै बीमा समितिले बीमा कम्पनीलाई निर्देशन दिदै शाखा कार्यालय बन्द गर्न भनेको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएपनि बीमा कम्पनीका शाखा कार्यालय खुलेका थिए ।

बीमा समितिले बीमा कम्पनीहरुलाई केन्द्रिय कार्यालय संचालन गर्नको लागि पहेल रङको पास दिने छ । त्यही पासबाट १० जना कर्मचारी केन्द्रिय कार्यालय चलाउनुपर्ने छ । शाखा कार्यालयबाट गर्ने काम समेत केन्द्रिय कार्यालयबाट गर्नुपर्ने निर्देशन बीमा समितिको छ ।

काठमाडौं उपत्यका बाहिरको हकमा त्यहाको प्रदेश सरकार जिल्ला प्रशासन कार्यालयको निर्देशनलाई मानेर कार्यालय संचालनको निर्णय लिन समितिले कम्पनीलाई भनेको छ ।

निषेधाज्ञा अवधीमा बीमा लेख नविकरण बीमितले विद्युतीय माध्यमबाट अनुरोध गरेको आधारमा हुने छ ।


क्लिकमान्डु