महासंघमा कोभिड १९ सहायता केन्द्र स्थापना,अक्सिजनको जिम्मा रामचन्द्र संघाई र शौरभ ज्योतिलाई



काठमाडौं । मुलुकमा बढदो कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवन रक्षामा सहयोग पु¥याउने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघमा कोभिड १९ सहायता केन्द्र स्थापना गरिएकोे छ ।

महासंघका पदाधिकारी र सम्वद्ध अधिकारीहरूको हालै बसेको बैठकले उक्त सहायता केन्द्र स्थापना गर्ने निर्णय गरेको हो । उक्त केन्द्रको समन्वय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गरेका हुन् ।

कोभिड १९ सहायता केन्द्रलाई प्रभावकारी रूपमा अगाडि बढाउन निम्नानुसार जिम्मेवारी बा“डफा“ड समेत गरिएको छ ।

महासंघले अक्सिजन सिलिण्डर व्यवस्थापनको जिम्मा रामचन्द्र संघाई र शौरभ ज्योतिलाई दिएको छ । अल्पताल र आइशोलेशनको जिम्मा हेमराज ढकाल र रविन श्रेष्ठ र अल्पताल व्यवस्थापनमा देशन्धु बस्नेत,बाबुकाजी कार्की र केयुर गौतमलाई दिएको छ । एम्बुलेन्सको जिम्मा रन्जित आचार्य र औषधी प्रवलजंग पाण्डे र भक्त हमाल र होटल तथा हवाई यातायाताको जिम्मा ज्योत्सना श्रेष्ठ,बिनायक शाह र बिनोद सापकोटा रहेका छन् ।

महासंघले सहायता केन्द्रबाट सेवा लिन महासंघ सचिवालयका सम्पर्क अधिकृतद्धय हरि पौड्याल (९८०१०९६८१२) र रिंकु घिमिरे (९८०११९२५९१) लाई टेलिफोन वा एसएमएस मार्पmत सम्पर्क गरि आपूmलाई आवश्यक सेवा टिपाउन सकिनेछ ।


क्लिकमान्डु