नेशनल लाइफ इन्स्योरेन्सको नाफा ३२ करोड,जीवन बीमा कोष ४० अर्ब पुग्यो



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले ९ महिनामा ३२ करोड नाफा गरेको छ ।

इन्स्योरेन्सले प्रकाशित गरेको चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरण अनुसार नेशनल लाइफ इन्स्योरेन्सले ९ महिनाामा ३२ करोड २५ लाख रुपैयाँ नाफा गरेको हो ।

यो नाफा एक्चुरी भ्यालुएसन हुनुभन्दा अगाडिको हो । अघिघल्लो वर्षको ९ महिनामा नेशनल लाइफले २१ करोड रुपैयाँ नाफा गरेको थियो ।

नेशनल लाइफले ९ महिनामा ८ अर्ब ६९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिघल्लो वर्ष ५ अर्ब ६५ करोड बीमा शुल्क आर्जन गरेको थियो ।

नेशनल लाइफको बीमा कोषमा ४० अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ३१ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो ।


क्लिकमान्डु