अबदेखि शुक्रबार पनि चेक क्लियरिङ हुने



काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुको चेक क्लियरिङ शुक्रबार पनि हुने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशित गरी अब शुक्रबार पनि चेक क्लियरिङ हुने जानकारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार नियमित क्लियरिङ सत्र दिउँसो ३ बजे प्राप्त गर्ने र ३ः१० सेटलमेन्ट हुनेछ भने पहिलो एक्सप्रेस क्लियरिङ सत्र विहान ११ः३० बजे प्राप्त भइ विहान ११ः४० बजे सेटलमेन्ट हुनेछ । त्यसैगरी दोस्रो एक्सप्रेस क्लियरिङ सत्र दिउँसो १२ः३० बजे प्राप्त भइ १२ः४० बजे सेटलमेन्ट हुनेछ ।

त्यसैगरी शुक्रबारको हकमा नियमित क्लियरिङ सत्र दिउँसो १२ः३० बजे प्राप्त गरी १२ः४० बजे सेटलमेन्ट हुनेछ भने एक्सप्रेस क्लियरिङ सत्र विहान ११ः३० बजेदेखि विहान ११ः४० बजे सेटलमन्ट हुनेछ ।


क्लिकमान्डु