अहिलेको कदम पर्याप्त भएन, स्वास्थ्य संकटकाल पनि लाग्न सक्छः स्वास्थ्यमन्त्री



काठमाडौं । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले कोरोना महामारी नियन्त्रणका लागि अहिलेको कमद पर्याप्त नभएको बताएका छन् ।

‘जुन गतिले महामारीको स्वरुप ग्रहण गरेको छ, त्यसका लागि नयाँ कदम उठाउनु पर्ने अवस्था आएको छ,’ उनले भने ।

उनले सरकार सामूदायिक जिम्मेवारी लिने भएकाले अहिलेका प्रयासहरु पर्याप्त नभएको बताए । उनले त्यसका लागि सरकारले स्वास्थ्य संकटकाल लगाउने वा लकडाउनलाई अझै कडा पार्ने मध्ये जे पनि हुन सक्ने र त्यसको निर्णय सरकारले लिने समेत बताए ।


क्लिकमान्डु