के चीनको जनसंख्या लगातार घट्दैछ, अर्थतन्त्रमा कस्तो प्रभाव पार्ला ?



एजेन्सी । चीनको राष्ट्रिय तथ्यांक ब्युरोले चीनको जनसंख्या अझै केही वर्ष १ अर्ब ४० करोडभन्दा केही बढी हुने जनाएको छ ।

ब्युरोका प्रमुख निङ जिघेले जनसंख्याको उच्चतम विन्दु अझै नआइसकको जनाउँदै तर त्यस्तो उच्चतम विन्दु कहिले आउँछ यत्तिकै पूर्वानुमान गर्न कठिन रहेको बताए ।

हालैका वर्षका जनसांख्यिक प्रवृत्तिलाई आधार मान्दा चीनको जनसंख्या वृद्धि निरन्तर घट्ने देखिन्छ, उनले भनेका छन् ।

उमेरको संरचना, छोराछोरी जन्माउने बारेमा मानिसका धारणा, सरकारको जनसंख्या नीति, बालस्याहारमा हुने खर्च, स्वास्थ्य सेवा र मानिसको स्वास्थ्य अवस्था जस्ता पक्षले पनि जनसंख्या वृद्धिमा असर पर्ने उनको ठहर छ ।

चीनको जनसंख्या १ अर्ब ४१ करोड पुगिसकेको छ । विगत एक दशकमा चीनको जनसंख्या वार्षिक औसतमा ०.५३ प्रतिशतले वृद्धि भएको मंगलबार सार्वजनिक विवरणमा देखिएको तथ्यांक ब्यूरोले जनाएको छ ।

ब्यूरोका अनुसार सन् २००० देखि २०१० सम्म वार्षिक ०.५७ प्रतिशतको जनसंख्या वृद्धि रहेकामा पछिल्लो दशकमा भने केही कमी आई ०.५३ प्रतिशत रहेको छ ।

निङका अनुसार चीनको जनसंख्या वृद्धि पछिल्लो दशकमा निरन्तर घट्ने क्रममा देखिएको छ । यसले अर्थतन्त्रमा कस्तो असर पार्ला भन्ने बारेमा खोजी जरुरी रहेको बताइएको छ । एकातिर अर्बपतिको संख्यामा वृद्धि हुँदै जाँदा मानिसहरु काम केवल काममा मात्रै व्यस्त भएका छन् । काम फेरि पनि कामका कारण मानिसहरु व्यस्त हुँदा त्यसले पारिवारिक तथा जनसांख्यिक विषयमा भने प्रभाव पारेको बताइन्छ ।


क्लिकमान्डु