विशेष अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदको सिफारिस

658
Shares

काठमाडौं । सरकारले प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष गर्न सिफारिस गरेको छ ।

आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

विश्वासको मत लिने प्रयोजनका लागि सरकारको सिफारिसमा राष्ट्रपतिले विशेष अधिवेशन आह्वान गरेकि थिइन् ।