अब हामी सरकार बनाउँछाैंः वर्षमान पुन



काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनले बहुमत जुटाएर सरकार गठनका लागि आफ्नो दलले दावी गर्ने बताएका छन् ।

संसद भवनबाट निस्किँदै सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिने क्रममा पुनले यस्तो बताएका हुन ।

नयाँ गठबन्धनलाई जनता समाजवादी पार्टी (जसपा) ले पनि सहयोग गर्ने पनि पुनले बताए ।

‘जनता समाजवादी पार्टी नै अहिलेको निर्णायक देखिएको छ । जसपाका केही सांसदले प्रधानमन्त्रीलाई समर्थन छैन भन्नुको अर्थ प्रतिपक्षलाई वा अरु कसैलाई समर्थन छ भन्ने हो,’ पुनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत मागेकोमा विपक्षमा १२४ मत खसेको थियो भने पक्षमा ९३ र जसपाका १५ जना सांसद तथस्ट बसेका थिए ।


क्लिकमान्डु