विश्वासको मत दिनुहोस्, संसद बिघटन गर्दिनः प्रधानमन्त्री ओली

952
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन नचाहेको हो भने विश्वासको मत दिन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको विशेष सभामा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘विश्वासको मत दिनुहोस्, संसद बिघटन हुँदैन ।’

‘यहाँ सबै जनाले संविधानको आशय ५ वर्षको सरकार परिकल्पना गरेको कुरा गर्नु भयो, त्यसैले मैले पनि राजीनामा नदिइकन ५ वर्ष सरकार टिकाउन विश्वासको मत मागेको हो,’ उनले भने ।

उनले सबैले फेरि संसद बिघटन हुन सक्ने सम्भावना रहेको बताएको भन्दै फेरि संसद बिघटन नचाहने भए विश्वासको मत दिन आग्रह गरे ।

‘डिलमा गएर हाम नफालौं, स्थिरताका लागि संसदको स्थायित्वका लागि मुद्दा लडेर फिर्ता ल्याएको संसदका लागि विश्वासको मत दिऔं,’ उनले भने, ‘५ वर्ष नै सरकार टिकाउने हो भने विश्वासको मत दिऔं, विश्वासको मत नदिने हो भने म गरौं के ?’

Skip This