नेप्से २७ अंकले बढ्यो, ३ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट



काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २७.४१ अंकको वृद्धि भएको छ । आज पसिसूचक १.०५ प्रतिशतले बढ्दा २६४५.८४ अंकमा कायम भएको छ ।

सेन्सेटिभ परिसूचक ४.३५ अंकले बढेर २७५.१२ अंकमा कायम भएको छ ।

सोमबार २१८ वटा कम्पनीको ७५ लाख ७९ हजार ३ कित्ता सेयर ४ अर्ब २० करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक हरियो देखिएको छ ।

यो दिनको कारोबारमा ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । राष्ट्रिय बीमा कम्पनी, समता घरेलु लघुवित्त वित्तीय, रुरु जलविद्युत परियोजनाको सेयर मूल्यमा सकारात्मक सर्किट देखिएको छ भने गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स र लिबर्टी इनर्जीको सेयर मूल्य पनि बढेको छ ।

त्यसैगरी सबैभन्दा बढी गुमाउनेमा विशाल बजार कम्पनी, जोशी हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, मेरो माइक्रो फाइनान्स वित्तीय संस्था र सिंगटी हाइड्रो इनर्जी छन् ।


क्लिकमान्डु