नेप्से परिसूचक १८.५६ अंकले घट्यो, महिला लघुवित्तको सेयरमा नकारात्मक सर्किट



काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक १८.५६ अंकले घटेर २६१८.५६ अंकमा झरेको छ । यो १ करोड २७ लाख २८ हजार १२५ कित्ता सेयर ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार ७७२ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन ४३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १५८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १८ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

उपसमूहतर्फ आज सबैमा रताम्मे देखिएको छ ।

त्यसैगरी आज समता लघुवित्त र रुरु जलविद्युत् परियोजनाको सेयरमा सकारात्मक सर्किट दखिएको छ । साथै कर्पोरेट डेभलपमेन्टा बैंक, राष्ट्रिय बीमा कम्पनी र बैंक अफ काठमाण्डूको सेयर मूल्यमा उछाल देखिएको छ ।

तर आइपीओ जारी भइ दोस्रो बजारमा कारोबार हुन शुरु गरेदेखि लगातार सकारात्मक सर्किटका साथ उकालो लागेको महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने आइतबार नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर ५०३ रुपैयाँले घटेर प्रतिकित्ता ४ हजार ५२७ रुपैयाँमा सीमित भएको छ ।

त्यसैगरी केही दिनअघिसम्म लगातार सकारात्मक सर्किट लागेको विशाल बजार कम्पनीको सेयर मूल्यमा बिहीबार र आइतबार दुबै दिन नकारात्मक सर्किट लागेको छ । साथै आइपीओ जारी भइ केही दिन अघि मात्रै दास्रो बजारमा कारोबार शुरु गरेको सिंगटी इनर्जीको सेयर मूल्यमा पनि गिरावट देखिएको छ । साथै युनियन हाइड्रोपावर लिमिटेड र सपोर्ट माइक्रोफाइनान्स कम्पनीको सेयर मूल्य पनि घटेको छ ।


क्लिकमान्डु