ऊर्जा उद्यमी र खानी ताथ क्रसर व्यवसायीले अक्सिजन सिलिण्डर उपलब्ध गराउने



काठमाडौं । कोरोनाका कारण स्वास्थ्य संकट बढ्दै गएपछि व्यवसायीले आफूसँग रहेका अक्सिजन सिलिण्डर सरकारलाई उपलब्ध गराउने भएका छन् ।

स्वतन्त्र ऊर्जा उद्यमीहरुको संस्था नेपाल (इपान)ले जलविद्युत् आयोजनामा प्रयोगमा रहेका अक्सिजन सिलिण्डर अस्पताललाई उपलब्ध गराउने भएका हुन् ।

देशका स्वास्थ्य संस्थामा कोभिड १९ का बिरामीको चापका कारण स्वास्थ्य संस्थाहरु नराम्ररी प्रभावित हुन पुगेको भन्दै इपानले स्वास्थ्य संसथा तथा आइसोलेशन केन्द्रमा अक्सिजन सिलण्डिरको आवश्यकता बढ्दै गएको सर्वविदितै रहेको जनाएको छ ।

हालको अवस्थालाई सहज बनाउन ऊर्जा आयोजनाहरुसँग हाल प्रयोगमा नरहेका अक्सिजन सिलिण्डरलाई आफनो नजिकैको जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य संस्था वा कोभिड १९ सँग सरोकार राख्ने सरकारी निकायमा उपलब्ध गराई नेपाली जनतालाई यस विपदको घडीमा अक्सिजनको समस्याबाट ज्यान गुमाउनुपर्ने अवस्थाबाट मुक्त गर्न सहयोग गरिदिन इपानले अपिल गरेको छ ।

अक्सिजन सिलिण्डर के कति मात्रामा दिइएको हो त्यसको जानकारी इपानलाई गराउन समेत आग्रह गरिएको छ ।

यस्तै क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले समेत देशभरका खानी तथा क्रर व्यवसायमा प्रयोगमा रहेका अक्सिजन ग्यास वा खाली सिलिण्डर उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।


क्लिकमान्डु