‘एनआईबिएल समृद्धि फण्ड-२’ योजना बाँडफाँट, ६४ हजार ५१४ ले पाए २५६२ को आवेदन रद्द



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेकोे एनआईबिएल एस क्यापिटलले ‘एनआईबिएल समृद्धि फण्ड-२’ योजनाको बाँडफाँट गरेको छ ।

१० रुपैयाँ अंकित १२ करोड इकाई बैशाख १३ गतेदेखि १६ गतेसम्म सार्वजनिक रुपमा बिक्री गरिएको थियो ।

जसमा सर्वसाधारणबाट कुल ६७ हजार ७६ आवेदनमार्फत १५ करोड ६३ लाख ३ हजार ९९० इकाई लागि आवेदन दिएका थिए । जसमा रितपूर्वक आवेदन दिनेको संख्या ६४ हजार ५१४ थियो । उनीहरुले १४ करोड ५२ लाख ९५ हजार ४०० इकाईका आवेदन दिएका थिए ।

कम्पनीले २ हजार ५६२ आवेदन फाराम आवेदन रितपूर्वक नभएकाले रद्द भएको समेत जानकारी दिएको छ ।


क्लिकमान्डु