एनएमबि बैंकले २ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्दै



काठमाडौं । एनएमबि बैंकले १० वर्षे अवधिको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ‘एनएमबि ऋणपत्र ८.५० प्रतिशत-२०८७/८८’ नामक ऋणपत्र आगामी जेठ २ गतेदेखि निष्कासन हुनेछ ।

बैंकले २ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमा वार्षिक ८.५ प्रतिशत ब्याजदर तोकिएको छ ।

१० वर्ष अवधि तथा वार्षिक ८.५ प्रतिशत ब्याजदर भएको ऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका २० लाख कित्ताले हुन आउने २ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न लागिएको हो ।

कुल २० लाख कित्तामध्ये १२ लाख कित्ता ऋणपत्रले हुन आउने १२० करोड ऋणपुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिनेछ । साथै बाँकी ८ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु ८० करोड ऋणपुँजी रकममध्ये ५ प्रतिशत रकम अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।

ऋणपत्र निष्कासन छिटोमा जेठ ५ गते बन्द हुनेछ भने ढिलोमा जेठ १६ गते बन्द हुनेछ ।


क्लिकमान्डु