अरुण भ्याली हाइड्रोपावरमा हकप्रदमा आवेदन दिने मिति थपियो



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले हकप्रदमा आवेदन दिने समय थप गरेको छ ।

कम्पनीले कोरोना भाइरस संक्रमणको जोखिमलाई कारण देखाउँदै हकप्रदका लागि आवेदन दिने समय थप गरेको हो ।

कम्पनीले सेयरधनीका लागि १ः०.५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो । उक्त हकप्रदमा आवेदन दिने समय वैशाख ६ गतेदेखि २६ गतेसम्मका लागि कायम गरिएको थियो ।

तर कम्पनीले वर्तमान अवस्थालाई मध्यनजर गर्दै हकप्रदमा आवेदन दिने समय जेठ २ गतेसम्मका लागि कायम गरेको छ ।


क्लिकमान्डु