जेफ बेजोसको अन्तरिक्ष पर्यटन यान प्रक्षेपण गर्ने मिति तोकियो, कति लाग्ला खर्च ?



एजेन्सी । अमेजनका संस्थापक जेफ बेजोसले आफ्नो एउटा कम्पनी सर्वसाधारणलाई अन्तरिक्षमा पुर्याउन तयार रहेको बताएका छन् ।

उनको कम्पनी ब्लू ओरिजिनले जुलाई २० का दिन यात्रुसहित न्यू शेफर्ड नामक रकेट अन्तरिक्षमा प्रक्षेपण गर्ने बताएको बीबीसीले जनाएको छ ।

सो उडानमा कम्पनीका व्यक्ति यात्रु हुने भए पनि एउटा सीट अनलाइनमा लिलाम बढाबढ गरिने बताइएको छ ।

अमेरिकाको टेक्सासबाट उड्ने रकेट १० मिनेट लामो यात्रामा पृथ्वीबाट सीधा १०० किलोमिटर माथि पुगेर फर्किनेछ । उक्त उडानमा बेजोस हुने वा नहुने विषय स्पष्ट नभएको बीबीसीको विवरणमा उल्लेख छ ।

पृथ्वीमाथि १०० किलोमिटरको दूरीलाई कार्मान लाइन भनिन्छ जसलाई अन्तरिक्षको प्रारम्भिक बिन्दु मानिएको छ ।

‘अहिलेसम्म सो लाइनमाथि ५६९ जना मानिस मात्रै पुगेको छन् । हाम्रो नयाँ शेफर्ड यानबाट हामी त्यसका नाटकीय परिवर्तन गर्दैछौं,’ कम्पनीका विक्री निर्देशक एरियाना कोर्नेलले भनेकी छिन् ।

कम्पनीको घोषणाले अन्तरिक्ष पर्यटनको ढोका खुल्ने मानिएको छ ।

एलोन मस्कको स्पेसएक्स कम्पनीले केही महिनाभित्रै सबै सर्वसाधारण यात्रु हुने यात्रा घोषणा गर्ने अपेक्षा गरेको छ । स्पेसएक्सको यान केही दिन अन्तरिक्षमा रहने बताइएको छ।

न्यू शेफर्ड १८ मिटर उचाइ र चार मिटर चौडाइको पुन प्रयोग गर्न सकिने यान हो ।

अन्तरिक्षको कक्षमा पुग्ने टिकटको मूल्य कैयौँ हजारौं अमेरिकी डलर पर्ने बताइएको छ ।

कम्पनीले प्रतिसिट २ लाख डलरसम्म कमाउने अपेक्षा गरिएको छ । बेजोसले ठूला रकेटहरूको समेत विकास गरिरहेका छन् र उनले आफ्नै भूउपग्रहमा आधारित इन्टरनेट नेटवर्क बनाउने योजना बनाएका छन् ।


क्लिकमान्डु