नेप्से १२.४७ अंकले घट्यो, ५ वटा कम्पनीको सेयरमा सर्किट



काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १२.४७ अंकले घटेको छ । यो दिन १ करोड ५९ लाख ८० हजार ८१५ कित्ता सेयर ६ अर्ब ८१ करोड ९१ हजार ४५२ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन ५७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी १२ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिनको कारोबारमा जनउत्थान सामूदायिक लघुवित्त, खानीखोला हाइड्रोपावर, महिला लघुवित्त, समता घरेलु लघुवित्त र रुरु जलविद्युत् परियोजनाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा विशाल बजार कम्पनी अग्रस्थानमा छ । दोस्रो बजारको कारोबार फुकुवा भएपछि लगातार सकारात्मक सर्किट लागेको कम्पनीमा आज गिरावट देखिएको छ । त्यसैगरी आइपीओ दोस्रो बजारमा कारोबार हुन थालेपछि सकारात्मक सर्किटका साथ उकालो लागेको सिंगटी इनर्जीको सेयर मूल्य पनि आज ओरालो लागेको छ । गुमाउने अन्य शीर्ष कम्पनीमा नगाडी ग्रुप पावर, सिनर्जी पावर डेभलपमेन्ट र कालिका पावर कम्पनी छन् ।

कारोबारका हिसाबले एचआइडीसीएल, एनसीसी बैंक, लक्ष्मी बैंक, अपि पावर कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंक अगाडि छन् ।

उपसमूहतर्फ लगानी समूह, फाइनान्स र बैंकिङबाहेकका उपसमूहमा गिरावट देखिएको छ ।


क्लिकमान्डु