कोरोना महामारीमा किन जलविद्युत् कम्पनीको सेयरमा आकर्षित भए लगानीकर्ता ?



काठमाडौं । कोरोना महामारीका कारण जनजीवन प्रभावित छ । तर सेयर बजारमा भने लगानीकर्ताको आकर्षण देखिएको छ । निषेधाज्ञाको समयमा पनि सेयर बजारमा भने जलविद्युत् कम्पनीको सेयरमा उल्लेख्य वृद्धि भएको छ ।

बुधबारको कारोवारमा सबैभन्दा बढी जलविद्युत् उपसमूहले नै कमाएको छ । सो उपसमूहको सेयर ४५.२७ अंकले वृद्धि भएको छ । दोस्रो बजारमा रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावरको सेयरका सकारात्मक सर्किट लागेको छ । ती कम्पनीको सेयरमा १० प्रतिशतको वृद्धि भएको छ ।

राइराङको सेयरमा ३७ रुपैयाँले वृद्धि भएको छ । यस्तै, रिडी हाइड्रोपावरको सेयरमा २३ रुपैयाँको वृद्धि भएको छ ।

केही दिन पहिले मात्रै दोस्रो बजारमा सूचीकृत भएको सिंगटी हाइड्रोपावरको सेयरमा समेत ९.९८ प्रतिशतको वृद्धि भएको छ । बुधबारको वृद्धिपछि सो कम्पनीको सेयर प्रतिकित्ता ५२९ पुगेको छ ।

यस्तै, छ्याङदी हाइड्रोपावर ९.९७, यूनियन हाइड्रोपावर ९.८०, जोशी हाइड्रोपावर ९.७२, बरुण हाइड्रोपावर ९.७२, राधी विद्युत् कम्पनी ९.७१, खानीखोला हाइड्रोपावर ९.४९, घलेम्दी हाइड्रोपावर ९.४७, आँखु खोला जलविद्युत् कम्पनी ९.४३, ङादी ग्रुप अफ पावर ९.३८, लिवर्टी इनर्जी ९.०१, दिव्यश्वरी हाइड्रोपावर ८.५१, पञ्चकन्या हाइड्रोपावर ७.८४, कालिका पावर कम्पनीका लगानीकर्ताले ७.८४ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, रुरु जलविद्युत् कम्पनी ७.५८, युनिभर्सल पावर ६.१९, माउण्टेन हाइड्रो नेपाल ४.५८, ग्रीन लाइफ हाइड्रो ४.४४, हिमाल दोलखा हाइड्रोपावर ३.९८ नेशनल हाइड्रोपाव। ३.०९ र शिव श्री हाइड्रोपावरका लगानीकर्ताले २.८९ प्रतिशतले कमाएका छन् । अन्य क्षेत्र भन्दा जलविद्युत् क्षेत्र सुरक्षित देखिएकाले लगानीकर्ताको आकर्षण यसमा देखिएको जानकारहरुको भनाइ छ ।


क्लिकमान्डु