नेप्से परिसूचक ५ अंकले घट्यो, लगानीकर्ताको रोजाइमा जलविद्युत् कम्पनी



काठमाडौं । बुधबार नेप्से परिसूचक ५.०९ अंकले घटेर २६४९.६० अंकमा सीमित भएको छ । यो दिन १ करोड ४८ लाख ६७ हजार ९९५ कित्ता सेयर ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३१३ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन ९० वटा कम्पनीको सेयर मूल्य बढ्दा १०१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने २६ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिनको कारोबा रिडी हाइड्रोपावर र राइराङ हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ । त्यसैगरी विशाल बजार कम्पनीको ९.९९ प्रतिशत, महिला लघुवित्तको ९.९८ प्रतिशत र सिंगटी इनर्जी कम्पनीको ९.९८ प्रतिशतले सेयर मूल्यमा उछाल आएको छ ।

त्यसैगरी छ्याङदी हाइड्रोपावर ९.९७ प्रतिशत, समता घरेलू लघुवित्तको ९.९२ प्रतिशत, युनियन हाइड्रोपावरको ९.८० प्रतिशत, जोशी हाइड्रोपावरको ९.७२ प्रतिशत र बरुण हाइड्रोपावरको ९.७२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा आशा लघुवित्त, लक्ष्मी लघुवित्त, इन्फिनिटी लघुवित्त, सबैको लघुवित्त, स्वाभिमान लघुवित्तको सेयर मूल्य घटेको छ ।

यो दिन कारोबार रकमका आधारमा सबैभन्दा अगाडि प्रभु इन्स्योरेन्स, एनआइसी लघुवित्त, एनसीसी बैंक, अपि पावर कम्पनी र जनउत्थान सामूदायिक लघुवित्त कम्पनी छन् ।

उपसमूहतर्फ जलविद्युत् कम्पनीमा १.७३ प्रतिशतले बढेको छ भने लघुवित्त कम्पनीको उपसमूह १.१५ प्रतिशतले गिरावट देखिएको छ ।


क्लिकमान्डु