भारतमा पेट्रोल, डिजेलको मूल्यवृद्धि, नेपालका के होला ?



एजेन्सी । भारतमा पेट्रोल र डिजेलको बुधबार पुनः मूल्यवृद्धि भएको छ । मंगलबार पनि यी दुई पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको थियो ।

बुधबार पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा र डिजेलको मूल्य भारु २१ पैसा वृद्धि भएको छ । राजधानी नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर भारु ९०.७४ कायम भएको छ भने डिजेलको मूल्य भारु ८१.१२ रहेको छ ।

भारतीय तेल कम्पनीहरुले मंगलबार पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेका थिए । मंगलबार प्रतिलिटर पेट्रोलमा ६७ पैसा र डिजेलमा १८ पैसा वृद्धि भएको थियो ।

सरकारी स्वामित्वका इन्डियन आयल कर्पोरेसन, बिपिसिएल र एचपिसिएलले गत वर्षको मार्च यता पेट्रोलमा प्रतिलिटर भारु २१.५८ र डिजेलमा भारु १९.१८ ले वृद्धि गरिसकेका छन् ।

भारतमा लगातार मूल्यवृद्धि भइरहेको बेला नेपालमा भने केही दिन पहिले तत्कालका लागि मूल्यवृद्धि नगर्ने नेपाल आयल निगमले जनाएको थियो ।


क्लिकमान्डु