नेपाल बैंकको ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७’ आजेदेखि



काठमाडौं । नेपाल बैंकको ऋणपत्र आजदेखि निष्कासन गरिउको छ ।

‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७’ नाम दिइएको उक्त ऋणपत्रमा रु १ हजार अंकित मूल्य भएको ३५ लाख कित्ताले हुन आउने ३ अर्ब ५० करोड बराबरको ऋणपत्रमध्ये १४ लाख कित्ता ऋणपत्रले हुन आउने १ अर्ब ४० करोड ऋणपुँजी रकममध्ये ५ प्रतिशत अर्थात् ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार कित्ता बाँडफाँट गरी बाँकी कुल १ अर्ब ३८ करोड ५० लाख ऋणपुँजी रकम सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्कासन तथा २१ लाख कित्ता ऋणपत्रले हुन आउने कुल २ अर्ब १० करोड ऋणपुँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थालाई व्यक्तिगत तवरबाट बुधबारदेखि निष्कासन गरिएको हो ।

ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन पाइन्छ । ऋणपत्र निष्कासन बन्द छिटोमा वैशाख २६ गते र ढिलोमा जेठ ५ गते बन्द हुनेछ ।


क्लिकमान्डु