अपि पावर कम्पनीको हकप्रदको बुक क्लोज वैशाख २९ गते
काठमाडौं । अपि पावर कम्पनीले ल्याउन लागेको १ः०.२९३८ अनुपात हकप्रदको बुक क्लोज वैशाख २९ गतेका लागि तोकिएको छ ।
जस अनुसार वैशाख २९ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा भएको कारोबारबाट कायम भएका सेयरधनीले मात्रै हकप्रद सेयरका लागि दरखास्त दिन सक्नेछन् ।