बैंक तथा वित्तीय संस्थाले २०% र बीमा कम्पनीले एक चाैथाई कर्मचारी मात्रै काममा खटाउनुपर्ने



काठमाडाैं । काठमाडाैं उपत्यकामा निषेधाज्ञा थप कडा हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडाैंले जारी गरेको नयाँ नियममा अब बैंक तथा वित्तीय संस्थाले बढीमा २० प्रतिशत मात्रै कर्मचारी राखेका सेवा दिनुपर्ने छ ।

बैंक तथा वित्तीय सस्थाको हकमा काठमाडौं उपत्यकामा २५ प्रतिशत शाखा कार्यालय मात्रै सञ्चालन गर्न पाइनेछ र केन्द्रीय कार्यालयहरुले २० प्रतिशत मात्रै जनशक्ति प्रयोग गरी कार्य सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्नेछ । र, सोको विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयमा दिनु जारी सूचनामा भनिएको छ ।

बैंक तथा वित्तीय संस्थाका सवारी साधन सञ्चालनको हकमा सीमित सवारी पास जारी गरी सोको विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयमा दिनुपर्नेछ ।

त्यसैगरी बीमा कम्पनीको हकमा एक चाैथाई कर्मचारीबाट काम गराउन जिप्रका काठमाडाैंले सूचनामा निर्देशन दिएको छ ।

साथै, विकास निर्माणका सम्बन्धमा सम्बन्धित आयोजाहरुले नै आवासीय कामदार राखी अनिवार्यरुपले स्वास्थ्य मापदण्ड पालना गरी कार्य सञ्चालन गर्ने गराउने तथा निर्माण सामग्री ढुवानी राति १० बजेदेखि विहान ४ बजेसम्म मात्रै आवतजावत गराउनुपर्ने छ ।


क्लिकमान्डु