भिजन सेक्युरिटिजको शाखा कावासोती, दमौली र बेनीमा बिस्तार, सेयर कारोबार गर्न सहज



काठमाडाैं ।  भिजन सेक्युरिटिजको शाखा कावासोती, दमौली र बेनीमा बिस्तार, सेयर कारोबार गर्न अझ सहज

काठमाडौं । भिजन सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ३४)ले नवलपुरको कावासोतीका साथै तनहुँको दमौली र म्याग्दीको बेनीमा पनि शाखा बिस्तार गरेको छ ।

केन्द्रीय कार्यालय काठमाडौंमा रहेको उक्त ब्रोकरले यसअघि रुपन्देहीको भैरहवा र काभ्रेको बनेपामा पनि शाखा बिस्तार गरिसकेको छ । उक्त शाखा बिस्तारसँगै ५० वटा ब्रोकरमध्ये सबैभन्दा शाखा भएको ब्रोकर समेत बनेको छ ।

पछिल्लो समयमा धितोपत्र बजारमा लगानीकर्ताको चासो र संख्या बढेसँगै कम्पनीले शाखा बिस्तार गरेको हो । नवलपुरको कावासोतीको शाखा धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले गत वैशाख ५ गते उद्घाटन गरेका थिए ।


क्लिकमान्डु