उतारचढावपछि झिनो अंकले बढ्यो नेप्से, ६ अर्बमाथिको कारोबार



काठमाडौं । मंगलबार सेयर बजारमा उतारचढावका बीच नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । आज नेप्से १.९४ अंबले बढेर २६५४.६९ अंकमा पुगेको छ ।

यो दिन १ करोड ३० लाख १५ हजार १८३ कित्ता सेयर ६ अर्ब ५ करोड २२ लाख ३६ हजार ८१० रुपैयाँमा कारोबार भएको छ । जसमा १२० वटा कम्पनीको सेयर मूल्य बढ्दा ८१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १२ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

उपसमूहतर्फ ट्रेडिङ र माइक्रोफाइनान्सतर्फ २.४२ र २.५६ ले बढेको छ भने बैंकिङ, होटल तथा पर्यटन, फाइनान्स, बीमा कम्पनीहरुमा घटेको छ ।

यो दिन २ वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ । कारोबार फुकुवा भएपछि आजदेखि दोस्रो बजारमा पुनः कारोबार शुरु गरेको समता घरलु लघुवित्त वित्तीय संस्था र महिला लघवित्त वित्तीय संस्थाको मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।

दोस्रो बजारमा कारोबार शुरु भएपछि लगातार सर्किट लागिरहेको महिला लघुवित्तको सेयर प्रतिकित्ता ४ हजार १५८ रुपैयाँ पुगेको छ ।

त्यसैगरी विशाल बजार कम्पनी, सपोर्ट माइक्रोफाइनान्स, राधी विद्युत् कम्पनी, रुरु जलविद्युत् परियोजना, सिंगटी हाइड्रो, युनाइटेड मोदी हाइड्रो। पञ्चकन्या माइ हाइड्रो र युनिभर्सल पावर कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको उछाल देखिएको छ ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा चन्द्रागिरि हिल्स, एनएलजी इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल बैंक छन् ।

कारोबार रकमका हिसाबले एनसीसीबी, अरुण काबेली पावर, ग्रामीण विकास लघुवित्त, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र अपि पावर कम्पनी अगाडि छन् ।


क्लिकमान्डु