बिल गेट्स र मेलिन्डाले २७ वर्षे वैवाहिक जीवन अन्त्य गरे, भने- अबसँगै रहन सक्दैनाैं
माइक्रोसफ्टका संस्थापक बिल गेट्स तथा उनकी पत्नी मेलिन्डाले सम्बन्ध बिच्छेद गर्ने निर्णय गरेका छन् । दुबैजनाले २७ वर्षे वैवाहिक जीवनलाई बिश्राम लगाउने निर्णय गरेका हुन् ।
उनीहरुले आफूहरुले वैवाहिक जीवन समाप्त गर्न लागेको बताए । अब आगामी जीवनमा एकैसाथ अगाडि बढ्न नसकिने पनि उनीहरुले स्पष्ट पारेका छन् ।
तर उनीहरुले स्थापना गरेको फाउण्डेसनमा भने दुबैजनाले काम गर्ने बताए ।
बिल र मेलिन्डा गेट्सले सामाजिक सञ्जालमा जारी गरेको संयुक्त वक्तव्यमा निकै सोच बिचार तथा आपसी छलफलका आधारमा उक्त निर्णय लिएको बताएका छन् ।
बिल र मेलिन्डाले सन् १९९४ मा विवाह गरेका थिए । बिल गेट्सको पूरा नाम बिलियन हेनरी गेट्स हो । १३ वर्षको उमेरमा पहिलो सफ्टवेयर प्रोग्राम लेख्ने गेट्सको जन्म सीएटलमा सन् १९५५ अक्टोबर २८ मा भएको थियो । हाइस्कुलमा पढ्ने क्रममा स्कुलको पेरोल सिस्टम बनाइरहेको प्रोग्रामर्सको एक ग्रुपको सहयोग लिएर ट्राफ ओ डेटा बनाए, जसलाई स्थानीय सरकारलाई ट्राफिक काउन्टिङ सिस्टम बिक्री गरेका थिए ।
उनले हवार्ड विश्वविद्यालयको क्रममा पाल जी एलनसँग भेट भएपछि उनले मिलेर माइक्रोसफ्टको बिजारोपण गरेका थिए । इन्टारनेशनल बिजनेस मसिन्स कर्पोरेसनका लागि एमएस–डीओएस बनाए र कम्पनी हिट भएको थियो । सन् १९९० को दशकको शुरुवातमा पीसी इन्डष्ट्रिमा माइक्रोसफ्ट अल्टिमेट किंगमेकर बनिसकेको थियो ।
सन् १९८६ मा गेट्स अर्बपतिहरुको सूचिमा समावेश भएका थिए । उनी सन् १९९५ मा विश्वका सबैभन्दा धनि अर्बपति बन्न सफल भएका थिए । फोर्ब्सको सूचि अनुसार उनको हाल कुल सम्पत्ति १३०.५ अर्ब डलर छ ।